साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाऊ जाऊ जाऊ

चुनावको केरा अब बोक्रैसँग खाऊ जाऊ ज्वाइँ जाऊ छिटो माथि जाऊ । ढिलो हुन थालिसक्यो छिटो माथि जाऊ सालीलाई लैजाऊ ।

Nepal Telecom ad

हाेम सुवेदी :

जाऊ ज्वाइँ जाऊ
छिटो माथि जाऊ
जित्यौ चुनाउ
फेरि आयो दाउ
तिम्रो भयो भाउ
आज सम्म गाउँ खायौ
अब देश खाऊ ।

जाऊ ज्वाइँ जाऊ
छिटो माथि जाऊ
मोज गर्न जाऊ
भोज खान जाऊ
तर मार्न जाऊ
तिमीलाई छुन सक्ने
कस्को बाउ ?
जाऊ ज्वाइँ जाऊ
ससुराली खाएका थ्यौ
अब देश खाऊ
जाउ जाऊ ज्वाइँ जाऊ
छिटो माथि जाऊ ।
गाउँ मात्र खाएका थ्यौ
अब देशै खाऊ ।

जाऊ ज्वाइँ जाऊ
छिटो माथि जाऊ
जित्यौ चुनाउ
फेरि आयो दाउ
जनतालाई देखाउन
सम्विधान कसम
खाएकै भोलिपल्ट
सम्विधान डढाऊ ।
नसक्ने नै भएदेखि
जुलुस लिई आऊ
मुन्द्रेहरु अघि लगाई
टायर बाल्न जाऊ
सक्छौ भने चाँडो चाँडो
घर बनाऊ
सोचे जस्तो भएन कि
टायर लाल्न जाऊ
जाऊ ज्वाइँ जाऊ
छिटो माथि जाऊ
जित्यौ चुनाउ
फेरि आयो दाउ
चुनावको केरा अब
बोक्रैसँग खाऊ
जाऊ ज्वाइँ जाऊ
छिटो माथि जाऊ ।
ढिलो हुन थालिसक्यो
छिटो माथि जाऊ
सालीलाई लैजाऊ ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x