साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चन्द्रागिरि साहित्य सराेवरकाे ५६ अैाँ शृङ्खला सम्पन्न

राष्ट्रिय गीतबाट सुरु भएकाे कार्यक्रममा भेाटेकाेशीकाे बाढीले ज्यान गुमाउनेहरुकाे सम्झनामा १ मिनेट मैान धारण गरिएकाे थियाे ।

Nepal Telecom ad

चन्द्रागिरि साहित्य सराेवरकाे ५६ अैाँ शृङ्खला डा मधुसुदन गिरीकाे प्रमुख आतिथ्यमा मुनाल क्लवमा भव्यरुपमा सम्पन्न भयाे ।

राष्ट्रिय गीतबाट सुरु भएकाे कार्यक्रममा भेाटेकाेशीकाे बाढीले ज्यान गुमाउनेहरुकाे सम्झनामा १ मिनेट माैन धारण गरिएकाे थियाे ।

युवा कवि माेतिराम भटृकाे १६१ अैाँ जन्मजयन्ति मनाउने क्रममा उहाँकाे तस्विरमा माल्यार्पण गर्दै, वहाँका चर्चित गजल वाचन गरि कार्यक्रम अघि बढेकाे थियाे ।

कार्यक्रममा २२ जना स्रष्टाहरूकाे उपस्थिति रहेकामा १७ जना स्रष्टाहरुबाट आ आफ्ना रचना बाचन भएका थिए ।

रचना वाचन गर्ने कविहरुमा नवराज भट्ट, गजलकार सुदन लुइटेल, विन्ध्या नेउपाने, हरिनारायण सुवेदी, हरिशरण आचार्य, माेहनहरि आचार्य, घनश्याम भण्डारी, उत्तमबहादुर राउत, तेजप्रकाश श्रेष्ठ, प्रकाश ज्ञवाली, भक्तबहादुर नेपाली, लक्ष्मणप्रसाद वश्याल, राजु महत, मालता वेलवासे, गाेपीचन्द्र कार्की, छात्रा सफल पैाडेल र साैगात पाैडेल हुनुहुन्थ्याे ।

कार्यक्रमकाे प्रमुख अतिथि डा मधुसुदन गिरीज्यू हुनुहुन्थ्याे भने विशेष अतिथि वरिष्ठ साहित्यकार तेजप्रकाश श्रेष्ठ, प्रा घनश्याम भण्डारी, अतिथिहरुमा वडाध्यक्ष शैक्षिक विकास काेषका अध्यक्ष माेहनहरि आचार्य, उज्यालेा सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष कर्ण भुवाजी, पूर्ववडाध्यक्ष उत्तम राउत हुनुहुन्थ्याे ।

कार्यक्रमकाे सभापतित्व चसासका संयाेजक गाेपीचन्द कार्की, हुनुहुन्थ्याे भने कार्यक्रम सञ्चालन काैशल्या चालिसे लुइटेलले गर्नु भएकाे थियाे ।

०००
गाेपीचन्द्र कार्कीकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x