होम सुवेदीगजल फित्कौली
सही र सत्य मार्गमा कहिल्यै पछि परिन्न आज्ञाकारी छात्रझैँ तिम्रा कुरा मानुँला ।। फर्की फर्की बाटोमा मुस्कान छरेकाे हुनाले होमकी प्यारी यही भन्ने कुरा जानुँला ।।

होम सुवेदी :
धेरै उत्ताउली नहुनू पाखुरी समाई तानुँला
भनेकाे कुरा नमाने फित्कौलीले हानुँला ।।
दुनियाँ भरी भेटिन्छन् घमन्ड धेरै नगर्नू
तिमीभन्दा राम्रीलाई रोजीरोजी छानुँला ।।
कमाइ धेरै के गर्नू मरेर उता लगिन्न
जसरी हुन्छ जिन्दगी केही दिन धानुँला ।।
सही र सत्य मार्गमा कहिल्यै पछि परिन्न
आज्ञाकारी छात्रझैँ तिम्रा कुरा मानुँला ।।
फर्की फर्की बाटोमा मुस्कान छरेकाे हुनाले
होमकी प्यारी यही भन्ने कुरा जानुँला ।।
०००
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest








































