साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुशासनको चुरिफुरी

देशको बिजुलीको भाउ बढेको छ विदेशी ग्याँसको अभाव भएको छ गृहिणीहरु अदालतको खरानी उठाएर  घरको चूल्होमा उर्जा थप्न खोज्छन्  तर खरानीले चूल्हो बल्दो रहेनछ ।

Nepal Telecom ad
देविका तिमिल्सिना :
सडक उर्वर छ र चिसिएको छ
चिसिनु मात्र त केही होइन
पूरै रुझेको छ भिजेको छ
रुभ्‌mनु भिभ्‌mनु त केही होइन
कतै मूल फुटे जस्तो गरी घरमै छिरेको छ
सानो तिनो खहरे जस्तै भेल बगेको छ ।
सुशाशनको झण्डा बोकेको सिंह
दरबार भन्नु मात्रको खरानीमा उभिएको छ
सिंह मात्र होइन खरानी माथि उभिएको
सुशाशनको सत्ता पनि खरानी माथि नै छ
भनिरहनु पर्दैन खरानी भष्म हो ध्वंश हो
ध्वंशको गर्भबाट जन्मिएको सुशाशन कस्तो होला हो ?
बजार छ व्यापार छैन होस् पनि कसरी ?
उपभोक्ताको लुगामा खल्ती छ तर पैसा छैन
भष्मे सुशाशन भन्थ्यो युवाको रोजगारी हुनेछ
सवैको खल्ती भरिनेछ गाँस बासको चिन्ता हुनेछैन
रोगी वृद्ध दम्पतिले जल समाधि रोजेपछि
सुकुम्वासी र ऋणीहरुले आत्मदाहको बाटो लिएपछि
कहाँ भेट्न सक्छ खरानी सुशाशनले चिन्तित नागरिक ?
त्यसैले अहिले सुशाशन फष्टाएको छ
देशको बिजुलीको भाउ बढेको छ
विदेशी ग्याँसको अभाव भएको छ
गृहिणीहरु अदालतको खरानी उठाएर
घरको चूल्होमा उर्जा थप्न खोज्छन्
तर खरानीले चूल्हो बल्दो रहेनछ ।
०००
काठमाडौ
Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Sanu Raja Anjaan
Sanu Raja Anjaan
1 month ago

गाउँका गेग्रान र बञ्जर भूमिबारे पनि केही उल्लेख भए झन् राम्रो सुन्दरता थपिने थियो दाइ

MKChalise
MKChalise
1 month ago

समसामयिक यथार्थ 🇳🇵

Nepal Telecom ad
चिलिम् फर्कियौ

चिलिम् फर्कियौ

देविका तिमिल्सिना
काम र कर्तुत

काम र कर्तुत

देविका तिमिल्सिना
विकास र विकासे

विकास र विकासे

देविका तिमिल्सिना
आआफ्नो अधिकार

आआफ्नो अधिकार

देविका तिमिल्सिना
सङ्गत विसङ्गत

सङ्गत विसङ्गत

देविका तिमिल्सिना
देश र नेता

देश र नेता

देविका तिमिल्सिना
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
2
0
Would love your thoughts, please comment.x
()
x