साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऋतुदान

यमराजकाे यस घाेषणाले सन्तानेश्वर निकै तर्सिए । तैपनि उनी यमराजसँग याचना गरिरहेका थिए " धर्मराज ममाथि ठूलाे अन्याय भयाे ।"

Nepal Telecom ad

रामप्रसाद पन्थी :

सन्तानेश्वर बाबाले यमराजसँग जिज्ञासा राख्दै भने “धर्मराज हजुरकाे निर्णय मप्रति अन्याय भएन र ?”

सन्तानेश्वर बाबाकाे कुरा सुनेपछि यमराजले भने “बाबू तिमी आफैले आफ्नो विगतलाई नियालेर हे र त ?”

सन्तानेश्वर बाबा आफ्नो विगततिर फर्केर हेरे । उनले आफ्नाे विगतमा कुनै खाेट देखेनन् । यमराजले नै उनकाे विगत स्मरण गराए “तिमीले ऋतुदानकाे अपव्याख्या मात्रै हाेइन दुरूपयाेग पनि गर्याे । नि: सन्तानलाई सन्तान दिलाउने नाममा घाेर पाप गर्याे ।”

सन्तानेश्वर बाबाले जिकिर गरे –
प्रभु मैले त पुण्यकै काम गरेकाे हुँ । हजुरलाई स्मरण हाेला हाम्रा यस विषयमा पूर्वहरू ; देवता, ऋषि, महर्षिहरूबाट जेजस्ता कामहरू भएका छन् । तिनकाे अनुसरण गरेकाे हूँ ।”

यमराज “यसमा पूर्वजहरूकाे अनुसरण ठीक ढङ्गबाट भएकै छ त ? प्रमाणहरू पेश गर्न सक्छौ ?”
सन्तानेश्वर बाबा “अनेक प्रमाणहरू छन् प्रभु ।राजा ययातीले आफ्ना कान्छा छाेरा परूसँग जवानी साटेकाे प्रसङ्ग, पाराशर ऋषिले सत्यवतीलाई ऋतुदान गरेर व्यास जन्मिएकाे, व्यासकाे ऋतुदानबाट अम्बिका, अम्बालिका र दासीबाट क्रमशः धृतराष्ट, पाण्डु र विदुर जन्मिएकाे । यतिमात्रै हाेइन प्रभु ! कुन्तिकाे आह्वानले सूर्य देवकाे ऋतुदानबाट कर्ण , धर्मबाट युधिष्ठिर , वायुबाट भीम, इन्द्रबाट अर्जुन , माद्रीकाे आह्वानले अश्विनीहरूबाट नकुल र सहदेव जन्मिएकाे जस्ता अनेक दृष्टान्तहरू यसका प्रमाण हाेइनन् र प्रभु ? “

यमराज ” सन्तानेश्वर तिमीले ऋतुदान धर्मकाे अपव्याख्या गर्याे । तिमीले आफ्नाे कुण्ठा मेटाउनका लागि याे सब गर्याे । अनेक स्त्रीहरूकाे सतित्व हरण गर्याे । उनका श्रीमानहरूलाई छलेर याे सब गर्याे । श्रीमान् श्रीमतीको घरबार जाेड्ने हाेइन ताेड्ने काम गर्याे । तिमीले बालक भनेनाै । वृद्धहरू पनि छाेडेनाैं । यसलाई अझै धर्म भन्दैछाै ? “

सन्तानेश्वर बाबा ” प्रभु ! महादेवले पनि शिवशर्मा ब्राह्मण बनेर सात वर्षीय बालक गाेमालाई अपनाउनु भएकाे हाेइन र ? विष्णुले वृन्दालाई छलेर उसकाे सतित्व डगाउनु भएकाे थिएन र ? प्रभु ! यसमा जालन्धरकाे अनुमति थियाे र ? ”
यमराज ” महादेवले गाेमाकाे उद्दार गरेकाे बिर्सियाै ? वृन्दाकाे श्राप विष्णुलाई लागेकाे भुल्याै ? सम्झ त । तिमीले कतिजनाकाे इच्छा विपरीत जबरजस्ती गर्याे ? कतिलाई धरधरी रूवायाै ? तिमीले धर्मकाे मर्मलाई भुल्याै । कुल्चयाै । समाजमा विकृतिलाई मलजल गर्याे ।”

अब भने कताकता सन्तानेश्वर बाबाकाे मनमा ग्लानि भाव विकसित हुन थाल्याे । सन्तानेश्वरकाे मुखमुद्रा विग्रिदै गएकाे देखेर यमराजले भन्दछन् –
“सन्तानेश्वर ! धर्मकाे आड लिएर , पूर्वजहरूकाे दुहाइ दिएर कहिल्यै पनि दुष्कर्म गर्नु हुँदैन । यदि पूर्वजहरूबाट जान अन्जानमा गल्तीहरू भएका छन् भने त्यसमा सतर्क पनि रहनुपर्छ । हेर सन्तानेश्वर देवता नै भए पनि दण्डित भएका तमाम प्रमाणहरू यहाँ छन् । त्यसैले तिमीले नर्क जानैपर्छ । “

यमराजकाे यस घाेषणाले सन्तानेश्वर निकै तर्सिए । तैपनि उनी यमराजसँग याचना गरिरहेका थिए ” धर्मराज ममाथि ठूलाे अन्याय भयाे ।”

यमराजकाे इसारा प्राप्त गर्नासाथ यमदुतहरूले सन्तानेश्वर बाबालाई घिच्याउदै नर्ककाे बाटाेतर्फ लागे।

०००
२०८०।०६।२४
रेसुङ्गा न पा २, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
घडीको आत्मकथा

घडीको आत्मकथा

फित्काैली डटकम
निम्ताको जाल

निम्ताको जाल

ठाकुरप्रसाद अधिकारी
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
मानवता

मानवता

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x