साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झिङ्गे दाउ

सुरू भयाे साेह्र श्राद्ध आइसक्याे दसैं कर्महारा अभागीकाे छैन थात बासै । धुरूधुरू रूहाएर अघाएन मन कति खुसी मिल्याे प्रभु तिमीले नै भन ?

Nepal Telecom ad

रामप्रसाद पन्थी :

भदौ दस भाेटेकाेशी आलै छँदा घाउ
असाैजकाे भारी वर्षा खेल्याे झिङ्गे दाउ ।

आँसुमाथि आँसु थपी पीडामाथि पीडा
शाेकमाथि दैव कस्ताे बजाउँछस् वीणा ?

साता दिन सम्म आयाे नफेरेर सास
देशैभरि झरीले नि लायाे उठी बास ।

कतै खाेला बढेका छन् कतै पैह्राे गयाे
घर-गाेठ थात- बास साेहाेरेर लयाे ।

हिडी सक्नु छैन बाटाे भेल बाढी हिलाे
गरिबकाे जिन्दगानी भयाे दुःखजिलाे ।

आँधी हुरी चलेकाे छ रूख ढलेका छन्
घरभित्रै मुल फुटी कुला चलेका छन् ।

भकारीमा अनाजकाे छैन केही दानाे
हुरी आई उडाएर लग्याे पाली छानाे ।

कुर्सुलाकाे ढिस्काे झरी आधा घरै चाट्याे
यता आधा आँगनीमा धाजा धेरै फाट्याे ।

गाेठभित्र बाँधिएका भैंसी गाई गाेरू
बाढी आई बगाएर लग्याे कसाे गरूँ ?

काम गर्न खाेला तरी पारी जानू पर्ने
पक्की पुल झाेलुङ्गे नि लयाे कसाे गर्ने ?

करेसाका झालपात थिच्नुसम्म थिच्याे
खाेलाे पसी खेतभित्र मिच्नुसम्म मिच्याे ।

काेदाे मकै धान केही छैन खेत बारी
कति दिन बाँचिएला भाेकाे पेट टारी ?

बनाउन सकिदैन बास बाँचुञ्जेल
विद्यालय भित्र बास गर्ने कतिञ्जेल ?

सुन्छु उता आफन्तकाे घर चिर्काे पर्याे
सुत्केरी ती आमासितै काखे बच्चा मर्याे ।

विजुलीका पाेल ढले अन्धकार भयाे
सूचना र सञ्चारकाे मेलाेमेसाे गयाे ।

भागी जाऊँ टाढा कतै भने कहाँ जाऊँ
कसाे गरी छाेडूँ बर‌ै आफ्नो जन्म ठाउँ ?

सुरू भयाे साेह्र श्राद्ध आइसक्याे दसैं
कर्महारा अभागीकाे छैन थात बासै ।

धुरूधुरू रूहाएर अघाएन मन
कति खुसी मिल्याे प्रभु तिमीले नै भन ?

०००
२०८३ आश्विन ११ आइतबार
(साेह्र श्राद्ध प्रारम्भ / प्रतिप्रदा श्राद्ध)
रेसुङ्गा न पा २ , गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x