साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुताे फालेँ मैले

कैले गर्छन् ङ्यार्रङुर्र लडे जस्तै गर्छन् माल पाए मिलिजुली आफ्नै भुँडी भर्छन् । व्यवस्था नै लुते हाे कि व्यक्ति परे लुते कस्ताे हाेला लुतेलाई शक्तिबाटै थुते ?

Nepal Telecom ad

रामप्रसाद पन्थी :

उठाउनु हाेला हात लुताे फाल्ने जति
भन्छु म त चिलाएकाे कुरा अलिकति ।

चिलायाे नि लुताे सधैं हिजो अस्ति जैले
साउनकाे एक पारी लुताे फालेँ मैले ।

सरजाम के के थिए भन्नुहाेला फेरि
जेजे मिल्छ जंगलमा खाेजी ल्याएँ हेरी ।

भलायाेकाे पात अनि भक्किम्लाेकाे पात
कुरिलाे र धसिङ्गरे ल्याएँ अनेक् जात

सिस्नाे, उन्यु , सिउँडी र खाेजेँ पानीसराे
पुरेनी र तीतापाती राेजेँ देवीसराे

कागती र नसपाति, अम्बा चढाएर
कण्डारक पूजा गरेँ वेदी बनाएर

लुताे लैजा ए फलाना ! भन्दै कराएर
फालिदिएँ अगुल्टो नि आगाे सल्काएर ।

भन्नुहाेला केकाे लुताे फाल्नुभयाे राम ?
फाल्नै पर्छ भन्नुहुन्छ लिए मैले नाम ।

उहिलेकाे कुरा हाे याे धेरै वर्ष भयाे
जनताकाे माझ लुताे हाबी हुँद‌ै गयाे ।

कुनै दिन लुते मुसा कानाखुसी गरे
मुसाराज चलाउने निधाे आफै गरे ।

जालाे फाले जनतामा आशे बाली छरे
हाेला त नि भनी जन यिन्कै भर परे ।

दर्बारकाे बुढाे सिंह फाल्नु पर्छ भने
सिंह फाल्ने मुसा पछि आफै सिंह बने ।

लुताे ल्याए कताबाट देशैभरि सारे
चिलाएर मार्नै आँट्याे कस्ताे राेग सारे ?

कुटुम्बकाे इसारामा ल्याएकाे याे लुताे
भित्र भित्रै खाेक्राे पार्याे देशै पार्याे ढुटाे ।

आफू खान्छन् माेटाउँछन् भुँडी चर्काउँछन्
खबर्दार खाला काेही भनी थर्काउँछन् ।

कैले गर्छन् ङ्यार्रङुर्र लडे जस्तै गर्छन्
माल पाए मिलिजुली आफ्न‌ै भुँडी भर्छन् ।

व्यवस्था नै लुते हाे कि व्यक्ति परे लुते
कस्ताे हाेला लुतेलाई शक्तिबाट‌ै थुते ?

त्यसैले त हिजो साँझ लुताे फालें मैले
चाहिदैन चिलाउने लुताे सबै लैदे ।

०००
रेसुङ्गा न पा २, गुल्मी

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
पाटी पार्टीका कुरा

पाटी पार्टीका कुरा

रामप्रसाद पन्थी
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x