साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाले

अनुसन्धान गरेर शाेधार्थीले शाेधपत्र नै तयार गर्ने हाे कि के गर्नेहाेला ? भालेकाे भलाई सुविधा भन्दा पनि म त दुविधामा पाे छु त । लु न भालेकाे मुक्तिमार्गकाे जुक्ति बक्सिस हाेस हजुर ।

Nepal Telecom ad

शेषराज भट्टराई :

अहिले एउटा लाेकगीत सम्झनामा आइरहेको छ “राताे भाले क्वायाँक्वायाँ सुत्केरीलाई ख्वाएँ, सुत्केरीको नामगरी टाउको मैले खाएँ”। नेपालकाे पुरानो परिपाटी नै यस्तै छ एउटा काम गर्छु भनेर अर्काे काम गर्ने । मिलेसम्म कामै नगरी आँखामा छाराे हाल्ने । छलीधन्दा भन्दा फरक पर्दैन । विशेषगरी भालेजातिहरु यस्तो छलिकाम गर्न पाए आफ्नो सिउर अग्लाे भएकोझै ठान्छन् । इमानजमान भड्खालाेमा परेकाे पत्तै पाउँदैनन् । तथापि महिला गण पनि हामी पुरुष भन्दा केहीमा पनि कमी छैनाैँ भनेर स्वविवेककासाथ जबर्जस्ती अगाडि लम्की रहनुभएको छ जुन आफैंमा विशेष छ र विचरणीय पनि ।

यहाँहरुलाई थाहा नै हाेला अनुहारभरी मात्रै हाेइन शरीरको हरेक क्षेत्रमा झ्याउ पलाएकै भरमा आफ्नो ह्याउ दराे भएको महसुस गर्ने भालेहरु शिरकाे ताज सिउर हल्लाउँदै राज गर्न रुचाउँछन् । अलिक निर्धाे देखेभने बाजझैं झम्टिन्छन् । सर्पकाेझैं फडा फुलाएर स्वास्वाँ गर्दै पाेथीलाई आतङ्कित पार्नमै आफ्नो बहादुरी र पाैरख सम्झन्छन् । एउटा इमानदार बफादार हाेनहार भालेका लागि यो ज्यादै शर्मकाे कुरा हाे ।

साँच्चै भनाैँभने नेपालकाे विकासकाे बाधक नै भाले । उत्ताउलो भाले रातिको एकबजे बास्छ भन्ने त भनाइ पनि छ । सुत्केरीलाई खुवाउन भनेर लगेको भाले सुत्केरीले नै खान पाउनुपर्छ भन्ने कुरा भालेले हेक्का नराख्दा हिक्का छाेडेर रुन मन लाग्छ । खायो ,चर्याे, चाेर्याे मनपरि गर्याे अनि गुँडमा पसेर लम्पसार पर्याे । असली भालेलाई न भविष्यको साेचाइ छ न भाेलिकाे । न बाेलीकाे न झाेलीकाे खाली पखेटा फटफटायाे, जगर फुलायाे, काेतार्याे भुतभुते खेल्याे बास्याे हाँस्याे रमायाे समायाे पाेथीमाथि हैकम जमायाे बस् आफ्नो शुरु र अन्तिम लक्ष्य नै यही ठान्छन् । न आफू जान्दछन् अरुले भनेको मान्दछन् । हाे ! यसैलाई भन्छन् भाले । भाले हुन्छन् प्राय एकै खाले ।

तेह्र वर्षीय निर्मला पन्तहरुकाे चाेलालाई खाेलामा मिलाउने नै भाले । अनि यस्ता बहादुर भालेलाई संरक्षण दिने पनि भाले । घटनाकाे साँक्षी दिदीबहिनीलाई संरक्षण दिने पनि भाले । घटना घटाउने पनि भाले, घटनाकाे अन्वेषण गर्ने पनि भाले, घटना सामसुम पारेर ढाकछोप पार्ने पनि भाले । अनुसन्धानको बाधक पनि भाले । भालेहरु एउटाले पिटेझैं गर्छ अर्को राेयझैं । साँच्चै बाले जन्माएका भाले प्रशंसनीय छन् र त बजारमा भालेकाे भलाईका लागि ठमेल ठिमठिम पर्दै अहाेरात्र जागा रहन्छ ।

अस्ति भर्खरै भारतमा बत्तीस जना भालेहरुले एउटी कलिली नानीमाथि चुच्चो गाडेर कलिलाे काेपिलाकाे चाेलालाई खाेलामा मिलाए । त्यस्तै भारतकै अर्को भालेकाण्ड पनि उद्देक लाग्दाे छ । जस्ले दाजुकाे २/३ वर्षकाे छाेरालाई खुट्टामा समातेर पाहा पछारेझैं पछारेर मार्याे । भालेमा कठाेर कर्मठ र पापकाे मात्राधिक हुन्छ । त्यसैले यिनकाे सिउरमा समाएर च्वाईंघ्वाईं पार्नु पर्छ । नत्र यसले सीमा उल्लंघन गरेर धीमा गतिमा बिगार विठ्याँई गरिरहेका हुन्छन् । जेहाेस् भाले बहादुरीकाे मूल्याङ्कन गर्दै त्यहाकाे अदालतले ती सबै जाेदाहा भालेलाई खाँसीकाे प्रवाह नगरी फाँसीकाे तजविज गरेकाे पनि भाले जाेदाहा भएर नै हाे । भाले बाले नगरेकाे काम गर्छ र हाँसी हाँसी फाँसीमा लड्किन्छ । त्यसैले हाेला धेरैले भालेलाई मुर्खकाे उपमाले विभूषित गरेका छन् ।

प्रकृतिले भाले र पाेथीकाे शारीरिक बनाेटमा थाेरै मात्र फरक गरेको छ तर मान्छेले त लगाउने लुगै फरक गरेको छ । भालेले लगाउने लुगा बिरसिला, उदासिला, बुट्टारहित भनेर ताेकीदिएकाे छ समाजले भने महिलाले लगाउने लुगा गहना, र कपाल पनि फरक ढाँचामा देख्नु खेप्नु पर्दा विभेदको खाडल निकै फराकिलो र गहिरो लाग्छ । फेरि लिबिष्टिक पाउडर पनि तिनैलाई । तल्लाे पेट माथिल्लो पेट तिनैलाई । महिलाको तुलनामा भालेहरु हाकाहाकी ठगिदा पनि रातिको एक बजे हाँसीखुसी घाेक्राे फुलाएर बासिरहेकै छन् । मदिरापान नसा सेवन अधिक धाेक्ने गर्छन् । सायद ठगिनुकाे पीडा भुल्नलाई पाे याे मार्ग अवलम्बन गरेका हुन् कि किन हाे ठम्याउन मुस्किल परिरहेको छ ।

तेत्राे ठूलो बसमा सारा सिट भालेलाई छाेडेर एक सिट चाहिँ महिलालाई छुट्याएका हुन्छन् शायद थिचाेमिचाे बक्रदृष्टि र सीमा उल्लंघनबाट संरक्षण दिन पाे याे सुत्र बजारमा ल्याएका हुन कि कसाे हाे कुन्नि ।

भालेले लगाउने टाेपी, जुत्ता, त फरक थियो तर अहिले त भाले माेजा, भाले माेबाईल, भाले छाता, भाले जकेट, भाले सिक्री, गर्दागर्दै हरेक कुरा भालेमय हुँदा महिलाकाे चित्त दुख्नु अनर्थ हाेइन । तर भालेले अनुशासनकाे धर्म छाेड्दा महिलाहरु पेलिनु हेपिनु मात्रै हाेइन भालेकाे बाहुबलबाट मारिनु चाहिँ भालेकाे धर्म, रहर हाे कि या बाध्यता ? त्यसैले हामीले सँधै हेक्का राखाैं भाले अप्राकृतिक ढंगले बेढंगसँग राति एक बजे बास्दै अशुभकाे पूर्वसंकेत गरिरहेको हुन्छ ।

यसमा अध्ययनशील अध्यताहरुले भालेकाे आमासय अण्डाशय, डण्डासयकाे मात्र हाेइन सयकासय अवयवकाे अध्ययन अनुसन्धान गरेर शाेधार्थीले शाेधपत्र नै तयार गर्ने हाे कि के गर्नेहाेला ? भालेकाे भलाई सुविधा भन्दा पनि म त दुविधामा पाे छु त । लु न भालेकाे मुक्तिमार्गकाे जुक्ति बक्सिस हाेस हजुर ।

०००
फूलबारी ११ पाेखरा कास्की ।
फाेन:- ९८०६६७७५९४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भ्रष्टाचार प्रधान देश

भ्रष्टाचार प्रधान देश

शेषराज भट्टराई
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x