Fitkauli LIVE
साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अपानवायु : परिभाषा र प्रकार

कसैले सुन्याे, थाहा पायो वा देख्याे कि भन्ने सङ्काेच पादेपछिकाे आनन्दका अगाडि प्राय सबै फिक्का लाग्छन् । त्यसैले आफूले पनि पादाैँ र अरुलाई पनि पाद्न प्रेरित गराैँ । जय पाद ! जय पदुवा !!

Nepal Telecom ad

शेषराज भट्टराई “हाँसुले”:

ठुलाठुला लेखकहरुले ठुला बिषयबस्तु छानेर सुगन्धका कुरा लेख्लान तर म पदुवा भुईमान्छे चाहिँ फालिएका ,अपहेलित , तिरस्कृत , बहिष्कृत र ब्यवहारमा परेका तर नजर नपरेका तुच्छ बिषयबस्तुलाई उच्च अवसर र स्थान दिएर अगाडि ल्याउने यत्नपूर्वक प्रयत्न गर्ने गर्छु । समाजमा ब्याप्त , शरीरमा प्रयाप्त हरेकले हरेक ठाउँ, अड्डा, अदालत , पुजा पाठ, तिर्थ, व्रत , सभा, सेमिनार , भाेज भतेर, निम्तालु, पाहुना, हरेकपलमा बलगरेर हाेस या बलैनगरी ठुलो ध्वानीकासाथ हाेस या छुसछुस ,फुसफुस, ह्वासह्वास, ढ्याँईढ्याँई, भ्वाँकभ्वाक ठुसठुस अनन्त र अनेक आवाजकासाथ आफ्नो क्षमता, दक्षता, स्तरीयता, कला, काैसल, पाैरखकाे ताजावस्था, प्रस्तुत गर्ने गन्धे आन्तरवायु प्रणालीकाे पैठारी प्रकृयालाई फ्ल्याचुलेनस् वा पाद भनिन्छ ।

यसकाे तिब्रता खुराककाे गुण अवगुण र शक्तिले मापन गरिन्छ । बलियाकाे पैठारीले भयानक आवाजकासाथ बलिरहेकाे मैनबत्ति , दियो नै झ्याप्प निभाइदिन र उस्तै परे माटाकाे घ्याम्पाे नै फुटाइदिन पनि सक्छ भने लुतेलाङ्ग्रा, लजालु, कमजाेर क्षमता भएकाहरुले बिनासुँइकाे सुटुक्क गन्ध मात्रै विसर्जन गर्न पनि सक्छन् । विशेषगरी व्यक्तिविशेषकाे स्वभावले पनि प्रकटीकरणकाे ध्वनि अलग, स्वभाविक र अस्वभाविक हुनसक्छ । उदण्डहरुले ठूलो आवाजकासाथ विसर्जन गर्छन् भने साेझा सिदा भाेलेभाले भलाद्मीले सुस्तरी सुस्तरी सुइक्क सुइकाे पनि नदिई एकैचाेटी हुरुक्क हुनेगरी खुरुक्क खुस्काइसकेका हुन्छन् । मुखद्वारबाट निस्किए डकार, ढ्याउ नामले चिनिन्छ भने मलद्वारबाट निस्किएर मलद्वारमा नै अस्ताउने वायुलाई पाद वा अपानवायु पनि भनिन्छ ।

अरु हावासँग मान्छेले मन बहलाउछ तर जब पादकाे नजिकपर्छ अनि मान्छे गन्धले गर्दा छि छि दूरदूर गर्दै बटारिदै बम्किन थाल्छ । नबम्किए हातले हम्किन थाल्छ । नहम्किए बक्रदृष्टिले हेर्दै आफूले फुसफुस छाेड्दै नजिककाे पदुवालाई सृष्टिकै तुच्छ हरामी मानवकाे श्रेणीमा राख्न रुचाउछ । कतिपयले पादकै कारणले ढकारुन्जेल पिटाइ पनि खाने गर्छन् त कतिपयले हेलाहाेचाेकाे सामना पनि गर्नु पर्छ । पदुवा भनेर कतिपयलाई चाहिँ परै राख्छन् अछुतलाईझैं अनि यसकाे आवाज सुनेपछि खित्काछाेडेर हास्ने र शर्मिन्दाहरु मुखै छाेपेर लजाउने पनि गर्छन् । तर पादकै कारणले पिटाइ खाएर भन्दा खुराक खाएर नै पादकाे वर्षा गराउन सकिन्छ भन्ने कुरा पदुवा बाहेक अरुलाई के थाहा हाेला र ?

पाचन प्रणाली स्वस्थ तन्दुरुस्त छभने पादले पछ्याउन थाल्छ । अधिकाधिक ग्यास उत्सर्जन गर्नेहरुले भन्ने गर्छन् ग्यास्टिकले सतायाे । गानुगाेलाले हत्तु हैरान पार्याे । एकजना स्वस्थ मानवले दैनिक चाैधदेखि पच्चिसपटकसम्म पाद्छ भने त्यो स्वस्थ रहेछ भनेर बुझ्नुपर्छ । हामीले छाेड्ने ग्यास भनेको कार्वनडाइअक्साइडकाे मात्राले भरिपूर्ण हुन्छ । अत्याधिक गन्हाउने पादमा चाहिँ हाइड्राेजन सल्फाइडकाे मात्रा धेरै हुन्छ । पाद्ने मानवलाई मात्र हाेइन सुघ्नेलाई पनि पादले फाइदा गर्छ भन्दा अचम्म लाग्ला तर पादमा मिसिएर आउने मिथेन ग्यासकाे गन्धले डिमेन्सिया राेग अल्जाईमरकाे विकसित रुप, मनाेभ्रंश, स्मरणशक्तिकाे ह्रासाेन्मुख अवस्थाकाे राेगकाे खतरा कम गर्छ र ब्लडप्रेसरलाई कन्ट्राेल गर्छ भन्ने भनाइ छ । पाद राेकेमा टाउकाे दुख्छ त्यसैले जतिसक्दो न लजाइ निसंकाेच छुसछुस छाेड्न बिर्सनु हुदैन ।

अनि पादेकाे बेलामा पादमा आगाे लगाउनु भयो भने आगाे बल्छ किनकि ग्यास भनेकै ज्वलन्सिल पदार्थ हाे । मध्य युगका मान्छेले आफूले पादेकाे पादलाई खाली भाडामा जम्मा गर्थे अरे र पछि त्यसलाई सुघेमा आयु बढ्छ भन्ने बुढापाकाहरु अझै पनि हाम्रो गाउँ घरमा भेट्न सकिन्छ । पादकाे स्पिड १० फिट प्रति सेकेन्ड वा ११ किमि प्रति घण्टा रहेको हुन्छ । मानिस मरेको तीन घण्टा वा एकदिनसम्म पनि अवस्था अनुसार पाद आइरहेकाे हुन्छ भनेर बुढापाकाले त्यसै भनेका हाेइनन् । चन्द्रमामा रहेका मानवले पाद्न सक्दैनन् किनकि तिनिहरुकाे पेटमा पानी र ग्यासलाई अलग गर्नका लागि गुरुत्वाकर्षण नै हुदैन भन्ने बैज्ञानिक भनाइ छ ।

यदि एउटा मानवले ६ वर्ष ९ महिनासम्म लगातार अपानवायु छाेडिरह्याे भने त्यो पादकाे इनर्जी एउटा एटम बम बराबर हुन्छ भन्ने भनाइ पनि हामीले सुनेका छाैं । हवाईयात्रामा मान्छेले अत्याधिक पाद्छन् त्यसैले जहाजमा दुर्गन्ध कम गर्न चारकाेल फिल्टर( एक्टिभेटेड कार्वन फिल्टर ) काे प्रयोग गरिएको हुन्छ । मलद्वारकाे नसाले पाद र दिसा बीचकाे अन्तर छुट्याउन नसक्दा कहिलेकाही पादसँगै मिसिएर पातलाे दिसा पनि आउने गर्छ । अनि सबैभन्दा ठूलो आवाजकासाथ पाद्ने प्राणीमा चिम्पान्जी र जलगैंडालाई मानिन्छ । हुन त अधिक बल गरेर तमासा देखाउने पनि धेरै हुन्छन् त्योभन्दा पनि असामान्य चाहिँ जलगैंडा र चिम्पान्जीकाे हुन्छ । हाइड्रोजन सल्फाइडले गर्दा नै पाद दुर्गन्धित हुन्छ। अमेरिकाकाे फ्लाेरिडामा एक १२ बर्षीय बिधार्थीलाई सन् २००९ मा धेरै पादेकाे अभियाेगमा पक्राउ गरिएकाे कुरा पनि हामीले बिर्सनु हुदैन । नाइट्राेजन , कार्वनडाइअक्साइड बढी भएको पादमा गन्ध धेरै हुदैन तर आवाज ठूलो हुन्छ । फादर क्रिसमस भन्ने दबाइले पादलाई बास्नादार बनाउछ जसबाट चकलेट र गुलावकाे सुवास आउँछ । ब्ल्यु ह्वेल माछाले पादेकाे पादकाे फाेकाभित्र एउटा सिंगो घाेडा अटाउन सक्छ भन्ने भनाइ रहेको छ । पाद्ने बेलामा पादकाे तापक्रम ९८.६ डिग्री फरेनहाइट हुनेगर्छ ।

आयो पाद गयो पाद तर पादकाे विषयमा किन विवाद ? भन्नुहाेला अनि बिषय नै यस्तै भएपछि विवाद पनि गर्नैपर्छ । विवादबाट पछिहट्ने हाे भने कुनै पनि कुराकाे जराे नै पत्ता लाग्दैन । जस्तो मानाै यही पादकै कुरा । पदुवा नै भए पनि आफ्नो मान्छेको पछि लाग्नै पर्छ । पाद्नुकाे कारण खाेज्नै पर्छ र जति नै पादे पनि सिहार्नै पर्छ । पदुवा भनेर हेला गर्न पर सार्न वा मार्न पाइदैन ।

धेरै मान्छेलाई जिज्ञासा हुनसक्छ पादकाे कम्पाेजिसन के के हाे अर्थात् यो के के मिलेर तयार हुन्छ ? खासगरी पादमा ५९ प्रतिशत चाहिँ नाइट्राेजन, २१ प्रतिशत हाड्राेजन, ९ प्रतिशत कार्बनडाइ अक्साइड, ७ प्रतिशत मिथेन, ३ प्रतिशत अक्सिजन र अन्य १ प्रतिशत तत्वहरु मिसिएर पादाेत्पादन भएको हुन्छ । अब तपाईं साँच्चिकै पदुवा हाे र आँ गर्दा अलंकार बुझ्नु हुन्छ भने उल्लेखित तत्वहरुकाे सम्मिस्रण गरेर पाद उधाेग खाेलेर आयार्जनकाे माध्यम बनाउन पनि सक्नुहुन्छ किनकि यो ग्यास हाे र यसबाट आगाे बल्छ ।
अब हामी आफैंले उत्सर्जन गर्ने अनि अनुभवका आधारमा पादका प्रकार निर्माण गर्न तर्फ लागाैं ।

१, गन्धरहित अर्थात् भुत्ते पाद :- यसले स्वास्थ पाचन प्रणाली भएको स्वस्थ प्राणीकाे पुष्टि गर्छ । यस्तो पाद आउँछ जान्छ हानीनाेक्सानी केही गर्दैन । वातावरणमा कुनै दखल पुर्याउदैन । २, तिखो गन्हाउने पाद :- याे किसिमकाे पादले पुरानो मरेकाे पिनास पनि ठिक हाेला जस्तो गरेर गन्हाउछ । कब्जियत वा कुनै खानाकाे एलर्जी भयो भने पनि यस्तो पाद बर्सिने गर्छ । यस्तो पादले वातावरणमा हलचल मात्रै हाेइन खैलावैला नै पैदा गर्छ । यो अवस्थामा मान्छेहरू एकअर्कालाई हेराहेर गरेर नै दाेषी करार गरिदिन सक्छन् । ३ , शान्त सम्भ्रान्त पाद:- न आवाज न दुर्गन्ध । यस किसिमको पाद ठूला बडाले निकाल्छन् । छुस्स छुस्स । बैठक, सेमिनार, सभा सम्मेलन चलिरहन्छ पाद पनि चलिरहन्छ । जतिखेर जता पनि प्रकट हुने तर सुइकाे कसैले नपाउने जस्ले गर्दा त्यहाकाे वातावरण वा माहाेलमा कुनै फरक पर्दैन । खाली पदुवालाई एकतमासले हाइसन्चकाे अनुभव निरन्तर भैरहन्छ ।

४, खराे वा तातो पाेल्ने पाद :- धेरै पिराेअधिक मसलेदार ,अमिलो, चिसाे खाएर आउने पादले मलद्वार नै पाेलेझै गरेर पाद निस्कन्छ । यो किसिमको पादबाट मान्छे तेती बिच्किदैनन् , पाद हाेकि हाेकि भन्दाभन्दै पादकाे सुगन्ध नै सकिन्छ । ५, गुलियो वा फरक गन्धकाे पाद:- अत्याधिक गुलियाे सख्खर चिनी वा गुलियो फलफूल सखरखण्ड , तरुल ,खादा यस्तो पादले पछ्याउने गर्छ । यो छुस्सछुस्स निस्किरहन रुचाउछ । यसमा गन्धकाे घनत्वो सधन हुन्छ र मान्छेले लख काट्न सक्छन् । ६, पेट फुल्ने वा दुख्ने पाद :- यश किसिमकाे पादले पेट डम्म हुन्छ र पेट नै दुखाईदिन्छ । वायुगाेला गानुगाेला भनेर झारफुक गर्ने यस्तै पादलाई हाे । ज्वानु उमालेर पिएपछि यस्तो समस्याबाट राहत मिल्छ ।
७, ठूलो आवाज सहितकाे पाद :- अत्याधिक ग्यासकाे भण्डार भएपछि मलद्वारकाे भित्तामा कम्पन छुट्दा भयंकर आवाजकासाथ यस्तो पाद निस्किने गर्छ । विशेषगरि पखाला लाग्दा ठूलो क्रन्दनकासाथ आफ्नो असलीरुप देखाउने गर्छ । यसबेला पाचक, हजमाेला, टिम्मुर , लसुन , मुला , जस्ता पचाउन र दर्द घटाउन मदत गर्ने ट्याबलेटहरुकाे सहायता लिनसकिन्छ । यस्तो पादलाई निकाल्न सकियो भने पेट दुखेको अटाेमेटिक सन्चो हुन्छ । ८, लहरे पाद:- यसकिसिमकाे पाद निरन्तर फुसुसुसु फुस्किरहन्छ । काेल्डड्रिङ्स जस्तो साेडा मिसिएकाे चिसाे पिउदा , चुइगम चपाउदा र छिटोछिटो खानेकुरा निल्दा , खानेकुरासँगै हावा पनि खाइन्छ हाे यस्तो बेलामा यो किसिमकाे पाद बर्सिने गर्छ ।

प्राणीले खानेकुरा खाएपछि पाद अवस्य पनि आउँछ । हाम्रो समाजमा एउटा भनाइ छ अदुवा खाइ सभाबस्नु मुला खाई बन पस्नु । किनकि अदुवाले गर्मी गराउछ पाद आउदैन तर मुला खाएपछि चिसाे हुन्छ र अधिक पाद आउने भएकाेले यो भनाइ प्रचलनमा रहेको हाे । मेलले पाद्ने फिमेलले नपाद्ने भन्ने कुरा पनि हाेईन यो त हर प्राणीले उत्सर्जन गर्ने कुरा हाे । पेटकाे पाचनप्रणालीकाे अवस्था अनुसार विभिन्न किसिमका पादहरु प्रकट हुने गर्दछन् । पादकाे भिन्नतामा खानेकुराकाे अहम् भुमिका रहन्छ ।

प्राणीले पाद्छ यो शर्माउनु पर्ने विषय हाेइन, याे त प्राकृतिक नियम हाे । प्रकृतिले शरीरको सन्तुलन मिलाउन पाद्ने, छाद्ने, छेर्ने, अनेक अवस्थाहरु आइलाग्न सक्छन् , यसलाई हामीले स्वभाविक रुपले लिन स्विकार्न सक्नुपर्छ । पादलाई राेक्नु हुँदैन यो असरदार ग्यास हाे र यसलाई विसर्जन गर्नुमै बुद्धिमानी ठहर्छ । पेटमा स्वस्थ ब्याक्टेरिया भएको प्रमाण हाे पाद । त्यसैले मिलेसम्म खुलेर पादाैं किनकि पादेपछिकाे आनन्द पाद्नेलाई नै थाहा हुन्छ । कसैले सुन्याे, थाहा पायो वा देख्याे कि भन्ने सङ्काेच पादेपछिकाे आनन्दका अगाडि प्राय सबै फिक्का लाग्छन् । त्यसैले आफूले पनि पादाैँ र अरुलाई पनि पाद्न प्रेरित गराैँ । जय पाद ! जय पदुवा !!

०००
फूलबारी ११ , शिवशक्ति मार्ग , पाेखरा कास्की।
फाेन:- ९८०६६७७५९४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुन्टाे जाेताइकाे मजा

मुन्टाे जाेताइकाे मजा

शेषराज भट्टराई
अभाव

अभाव

शेषराज भट्टराई
बाटो कसले बिगार्यो ?

बाटो कसले बिगार्यो ?

शेषराज भट्टराई
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
भजन

भजन

शेषराज भट्टराई
भाले

भाले

शेषराज भट्टराई
प्याकिङ

प्याकिङ

कृष्ण शर्मा सुमु
दोषी चस्मा २.०

दोषी चस्मा २.०

संप्रस पाैडेल
विज्ञापन

विज्ञापन

भोलानाथ सुबेदी
नक्कल

नक्कल

सीताराम नेपाल
अनिकालमा धैर्य

अनिकालमा धैर्य

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x