हेमराज पन्तकमिसनलाल
उल्टो भयो अक्कल नक्कलेको । रोपेछु तोरी मुसुरो फलेको ।। चिन्दैन घाती जब खेत आली । आक्रोशमा जल्दछ हन्तकाली ।
हेमराज पन्त :
आक्रोश ईष्या बन दम्भ साथी ।
देख्दैछ आफै सपना नजाती ।।
लोभी र पापी जब चिन्न थाले ।
अर्ना बनी हान्दर हेर काले ।।
१
हाने अगुल्टो शिर छेद पारी ।
हेप्ने कला नम्बरमा छ भारी ।।
आक्रोशले लेपन नेत्र काला ।
विद्वान मान्थे वनका बिराला ।।
२
जित्ने म एक्लै सय दुष्ट हारे ।
जुम्रा तिनी पट्पट पट्ट मारे ।।
खन्छौ तिमी खाडल पुर्छु एक्लै ।
अर्ना दुराचार सहन्छ बेग्लै ।।
३
हान्छौ तिमी लात म पुष्प दिन्थे ।
तिम्रा कला,कौशल, भाव चिन्थे ।।
एक्लो म जान्ने सब तुच्छ माने ।
कस्तो थियो अक्कल बल्ल जाने ।।
४
बोकेर चम्चे कटु सत्य छोडी ।
चुस्दै छ औंलो नचिनेर बोडी ।।
चिन्थो कहाँ सज्जन दुष्ट जाली ।
बोक्रो थियो सुन्दर बीउ खाली ।।
५
उल्टो भयो अक्कल नक्कलेको ।
रोपेछु तोरी मुसुरो फलेको ।।
चिन्दैन घाती जब खेत आली ।
आक्रोशमा जल्दछ हन्तकाली ।
६
०००
पाटन २ सिलङ्गा, बैतडी
हाल:- कैलाली
Subscribe
Login
0 Comments
Oldest









































