साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुनासो

खल्तीको रुपियाँ र अन्न मुखको सन्तोष झर्दै गयो । माया,आदर,हर्ष यो मुलुकका खै के भयो के भयो ।। सक्छौ साथ मिली बचावट गरौँ नेपाल बोकी बस । सक्दैनौं यदि राष्ट्र बोक्न शिरमा कालो गुफामा पस ।।

Nepal Telecom ad

हेमराज पन्त :

बिर्को लाग्छ दिमाग चेतन मरे खुल्दैन केही गरे ।
पापीको छलछाममा जब परे विद्वान् ज्ञानी डरे ।।
रित्ता पेट गरीबका दिनदिनै भोका जुकाले चुसे ।
सारा दीन निचोरिँदा मुलुकका बस्थे डकारी झुसे ।।

नाङ्गो आँत चिथोरिँदा वदनको सुन्दैन कोही हरे ।
मारी आश युवा पुगे बगरमा घोप्टे तलामा सरे ।।
ठोक्कायौ बलिदान वाद बलमा मर्थे सधैं सज्जन ।
देखायौ सपना अनेकपनका पीडा दुखायौ झन ।।

आशामात्र छ गाँस,बास,कपडा सौगात दिन्छौ भय ।
ताजा ज्ञान निचोरिँदा मुलुकमा रोगी छ शिक्षालय ।।
कोठा,वस्त्र,अनाज वेतन झिनो भण्डार रित्तो भयो ।
मात्रै मिल्छ तनाव जीवनभरी आक्रान्त साक्षी छ यो ।।

खल्तीको रुपियाँ र अन्न मुखको सन्तोष झर्दै गयो ।
माया,आदर,हर्ष यो मुलुकका खै के भयो के भयो ।।
सक्छौ साथ मिली बचावट गरौँ नेपाल बोकी बस ।
सक्दैनौं यदि राष्ट्र बोक्न शिरमा कालो गुफामा पस ।।

भाषा, धर्म, कला, अमूल्य निधि यी संस्कार हाम्रो कडी ।
नेपालीपनमा छ मौलिकपना शृङ्गार बेग्लै जडी ।।
हाम्रा मौलिक चाडपर्व मुटु झैँ जोडेर नौलो लय ।
गर्दै बस्छु म वन्दना मुलुकको नेपाल आमा जय ।।

०००
पाटन- २, सिलङ्गा, बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म लाछी

म लाछी

हेमराज पन्त
आधुनिकता

आधुनिकता

हेमराज पन्त
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
सर्वज्ञानी

सर्वज्ञानी

हेमराज पन्त
कविको गुनासो

कविको गुनासो

हेमराज पन्त
नयाँ ड्राइभर आयो केही गर्ला कि ?

नयाँ ड्राइभर आयो केही...

रणबहादुर बुढाथोकी ‘भैया’
सावधान ए निर्दयी समय !

सावधान ए निर्दयी समय...

अनिता काेइराला
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
अराजक सहरमा

अराजक सहरमा

विवश पोखरेल
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
0
Would love your thoughts, please comment.x
()
x