साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पीडा

आँखा उघारेर समाज हेरे । मेरा जुठा दर्शन धेर फेरे ।। देखे मलाई म समाज बोक्ने । पापी दुरात्मा सब देख्छु खोक्ने ।।

Nepal Telecom ad

हेमराज पन्त :

पीडा हजारौं मनमा छ ताजा ।
बन्दै गयो आज विवेक खाजा ।।
जल्दै बसे देख्दिन खै छहारी ।
संकष्टका सामल कष्ट भारी ।।

हेप्ने र चेप्ने पथमा हजारौं ।
सौभाग्य आफ्नो मनले सपारौ ।।
आयौं यहाँ रिक्त छ जानु खाली ।
बन्नेछ जो जीवन नै खगाली ।।

भोको थियो पेट चिनेर जोते ।
थुन्दा भयो शब्द र भाव तोते ।।
मारेर भोका सरकार आयो ।
कालो निराशा सबतर्फ छायो ।।

बोकेर आशा कति वर्ष फाले ।
कारा नचिन्दै कति हर्ष टाले ।।
बुझ्ने सबै सज्जन देख्छु दागी ।
भेटे हजारौं मनमा म नागी ।।

यी आँसु पोखे पसिना बगाए ।
झोले नयाँ पो पदवी लगाए ।।
सुन्दा छ आनन्द विवेक झोले ।
मेरा यहाँ कष्ट अनेक खोले ।।

आँखा उघारेर समाज हेरे ।
मेरा जुठा दर्शन धेर फेरे ।।
देखे मलाई म समाज बोक्ने ।
पापी दुरात्मा सब देख्छु खोक्ने ।।

०००
पाटन २ सिलङ्गा, बैतडी
हाल;-पहलमानपुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुनासो

गुनासो

हेमराज पन्त
म लाछी

म लाछी

हेमराज पन्त
आधुनिकता

आधुनिकता

हेमराज पन्त
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
सर्वज्ञानी

सर्वज्ञानी

हेमराज पन्त
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
0
Would love your thoughts, please comment.x
()
x