रणबहादुर बुढाथोकी ‘भैया’आउँछ साँढे सन्किँदै
भड्काम् खबर डटकमको आउँछ साँढे सन्किदै खेल्न थाल्छ सिँगौरी दाना दिनू बस्छ थन्किँदै।
रणबहादुर बुढाथोकी “भैया”
भड्काम् खबर डटकमको आउँछ साँढे सन्किँदै
खेल्न थाल्छ सिँगौरी दाना दिनू बस्छ थन्किँदै।
एकमानेमा के छ के छ दुईमानेमा मही छ
ब्यानै उठी मकै भुटी बुढी माइत गइछ
माइत गाको भोलिपल्टै सुत्केरी पो भइछ
पैलो बेतमै एउटा छोरो एउटा छोरी पाइछ
रिस उठेर लुरे पोइलाई धारे हात लाइछ
खबर ल्याउने पल्लो घरको युट्युबर पो रहेछ।
भड्काम् खबर डटकमको आउँछ साँढे सन्किदै
खेल्न थाल्छ सिँगौरी दाना दिनू बस्छ थन्किँदै।
भ्रष्टाचारले जरो गाड्यो खतराकारले लेख्यो
नालीबेली खोज्दै जाँदा सूत्रधारलाई देख्यो
सूत्रधारको कोठा भित्र छुद्रकारले टेक्यो
मुखै निर घोचो ठड्याई क्यामेराले छेक्यो
सोध्न थाल्यो खुसुखुसु कति घुस लेको ?
सम्झौता भो आखिरीमा चिल्लो रोटी सेक्यो।
भड्काम् खबर डटकमको आउँछ साँढे सन्किदै
खेल्न थाल्छ सिँगौरी दाना दिनू बस्छ थन्किँदैI
खान्न बाबा खान्न आमा लुरे पोइको जुठो
गरी खान सकिदैन कोदालो र कुटो
कुरा गर्नु परोस् बरु नक्कली र झुटो
जसरी नि चाहियो मलाई रुपैयाँ को मुठो
चिलाउनेको ठुटो रोज्ने मेरो आँखो फुट्यो
अर्को जन्म पाएँ भने खतराकार होस् बुढो।
भड्काम् खबर डटकमको आउँछ साँढे सन्किदै
खेल्न थाल्छ सिँगौरी दाना दिनू बस्छ थन्किँदै।
०००
बूढानीलकण्ठ -८ हात्तीगौँडा
काठमाडौँ, नेपाल।
Subscribe
Login
0 Comments
Oldest




































