चेवनचन्द्र बस्नेतपाका युवा बालक छन् बिहाल
भोकै बसेका, वन भीर पाखा । डुल्दै कराए, शिशु बाल पाका ।। मर्लान् सरी भो, दमले अकाल । पाका युवा बालक छन् बिहाल ।।
चेवन बस्नेत ठूलाघरे :
सारा बगायो, घर गाउँ पाखा ।
सेतै बनायो, तटिनी किनारा ।।
रन्केर आयो, युगको मिसाल ।
पाका युवा बालक छन् बिहाल ।।१।।
सोर्यो थपक्कै, घर गोठ बाली ।
थिच्दै तबेला, र ठुलो गुहाली ।।
खाने र बस्ने, न त अन्न थाल ।
पाका युवा बालक छन् बिहाल ।।२।।
सानो सुखी त्यो, परिवार मेरो ।
एक्लै बनायो, र भयो अँधेरो ।।
बाँचेँ नभन्दै, छ यही सवाल ।
पाका युवा बालक छन् बिहाल ।।३।।
टन्नै थिए ती, ढुकुटी र माना ।
बक्सा भरीमा, सुनका खजाना ।।
छैनन् कतै हालत देख्छु चाल ।
पाका युवा बालक छन् बिहाल ।।४।।
भोकै बसेका, वन भीर पाखा ।
डुल्दै कराए, शिशु बाल पाका ।।
मर्लान् सरी भो, दमले अकाल ।
पाका युवा बालक छन् बिहाल ।।५।।
०००
धर्मदेवी नपा. ९, पुपाँगु, सङ्खुवासभा
Subscribe
Login
0 Comments
Oldest







































