साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

हावा सरी लहरमा नवज्योति बाल्न जुट्दै उठौँ सब मिलौँ कुविचार फाल्न बाचा गरून् भुवनमा सबले नथाक्न वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ।।

Nepal Telecom ad

चेवन बस्नेत ठूलाघरे :

देखिन्छ आज खुसले थपडी बजेको ।
हेरिन्छ भोलि सबले थिति यो बसेको ।।
पाकाहरू असल हुन् उपदेश बाँड्न।
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ।।१।।

सम्झेर देश जनता बटुलेर माया ।
यो देशमा हरघडी नपरोस् कुछाया ।।
सम्हाल शासन तिमी कुविचार फ्याँक्न ।
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ।।२।।

माटो र प्रेम शिरमाथि सदैव राख ।
दोषी नराख घरमा दिनु हुन्न माफ ।।
हे ! वृद्ध सज्जन बनौँ हर काम जान्न ।
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ।।३।।

यो राज्यमा दिनदिनै झगडा नदेखौँ ।
मातापिता सब मिली इतिहास लेखौँ ।।
जो छन् असक्त जन वृद्ध हुँदैन जोत्न ।
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ।।४।।

हावा सरी लहरमा नवज्योति बाल्न
जुट्दै उठौँ सब मिलौँ कुविचार फाल्न
बाचा गरून् भुवनमा सबले नथाक्न
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ।।५।।

०००
धर्मदेवी न.पा. ९, पुपाँगु, सङ्खुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबाआमाका अनुभव सिकौँ

बुबाआमाका अनुभव सिकौँ

चेवनचन्द्र बस्नेत
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
सबै पाका मान्छे …

सबै पाका मान्छे …

चेवनचन्द्र बस्नेत
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

चेवनचन्द्र बस्नेत
सासू र मुमा

सासू र मुमा

चेवनचन्द्र बस्नेत
0
Would love your thoughts, please comment.x
()
x