साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छिः मेरा बा

ती तीता क्षणहरूलाई, र ती बाका तिखा वाणहरूलाई, जो म भित्र कहिल्यै ‘बा’ हुन सकेनन् धिक्कार छ, मरणोपरान्त पनि बा हुन नसकेका बालाई ।

Nepal Telecom ad

चेवन बस्नेत ठूलाघरे :

मेरा बा मक्कार हुन्, धिक्कार हुन्
सिँढीमा फालिएका खकार हुन्
जो कहिल्यै उदाउँदो घाम बनेनन्,
मेरो अँध्यारो कोठामा पस्ने बाटो बनेनन्।
तिनी त केवल एक धुमिल चित्र हुन्,
जसलाई मैले कहिल्यै पूरा गर्न सकिनँ,
र जसले मलाई कहिल्यै पढ्न चाहेनन् ।
उनी त समाजका तिरस्कार हुन्
परिवारका व्यभिचार हुन् ।

बा: एउटा यस्तो शब्द,
जुन मेरो जिब्रोमा सधैँ तीतो भएर बस्यो ।
उनका पाइलाहरू मेरो बाटोमा त थिए,
तर मलाई अगाडि बढाउने सहारा बनेनन्,
बरु मेरो गन्तव्यलाई छेक्ने पर्खाल बने ।
म धिक्कार गर्छु त्यो सम्बन्धलाई,
जहाँ रगतको साइनो त छ,
तर आत्मीयताको रङ छैन ।
जहाँ प्रेम हुनुपर्ने थियो,
त्यहाँ केवल अपेक्षाको बोझ मात्र छ
र जहाँ बुझाइ हुनुपर्ने थियो,
त्यहाँ मौनताको कठोर पर्खाल मात्र छ ।

धिक्कार छ त्यो बीजलाई,
जसबाट मेरो उत्पत्ति भयो,
धिक्कार छ त्यो संस्कारलाई,
जसले उनलाई ‘बा’ भन्न सिकायो ।
उनी त केवल एउटा भग्नावशेष हुन्,
जसले न त कहिल्यै आश्रय दिए,
न त कहिल्यै प्रकाशको बाटो देखाए ।
तिनै बा हुन् जसले मेरो मृत्यु हैन
तड्पाउने साङ्लो बुनेर
कहिल्यै न खुल्ने गरी चाबी लगाए ।
आज म ती बालाई कप्दै छु, सराप्दै छु
ती यादहरूलाई मेटाउँदै छु,
जुन म भित्र एउटा घाउ बनेर बसेका छन् ।
मेरा बा भन्न लायकको नाम होइनन्,
बरु मेरो अस्मितामाथि राखिएको
एउटा कालो दाग हुन् ।
उनको अस्तित्व एउटा यस्तो घाउ हो,
जुन कहिल्यै नसुक्ने र सधैँ पिप बगिरहने
पिलो हो, खिल हो ।
हो, म उनलाई सम्झिनुलाई नै अपमान ठान्छु,
र उनको रगत मेरो नसामा बग्नुलाई
म एउटा दुर्भाग्य मान्छु ।

साँच्चै उनी मक्कार हुन्,
किनकि उनी भित्रैबाट मरिसकेका
नैतिकता, प्रेम र
मानवीयताको हिसाब
गुमाइसकेका
एउटा जिउँदो लास हुन्,
जसलाई जलाउन, अब मेरो घृणा पनि पुग्दैन।
सपनाको चित्कार पनि पुग्दैन ।
र पछाडि फर्किएका
मेरा हात र खुट्टा पनि पुग्दैनन् ।

हो, मेरा बा मक्कार हुन्, अन्धकार हुन्
मेरो जीवनको अँध्यारो अध्याय हुन्,
जसलाई नपढे पनि हुन्थ्यो,
जसलाई नलेखे पनि हुन्थ्यो ।
इतिहासको पानाबाट
फालिदिए पनि हुन्थ्यो ।
म धिक्कार्छु ती पापी सोचलाई,
ती तीता क्षणहरूलाई,
र ती बाका तिखा वाणहरूलाई,
जो म भित्र कहिल्यै ‘बा’ हुन सकेनन्
धिक्कार छ, मरणोपरान्त पनि
बा हुन नसकेका बालाई ।
कुहिएर गनाइरहेका
सिनो जस्तै फ्यातफ्यात
भुईँमा खसिरहेका बालाई ।

०००
धर्मदेवी न.पा. ९, पुपाँगु, सङ्खुवासभा
२०८३।०४।०१, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबाआमाका अनुभव सिकौँ

बुबाआमाका अनुभव सिकौँ

चेवनचन्द्र बस्नेत
सबै पाका मान्छे …

सबै पाका मान्छे …

चेवनचन्द्र बस्नेत
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

चेवनचन्द्र बस्नेत
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

वृद्धाहरू सबल छन् अब...

चेवनचन्द्र बस्नेत
सासू र मुमा

सासू र मुमा

चेवनचन्द्र बस्नेत
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x