साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सासू र मुमा

बने तपस्वी परिवारमा उनी । सजीव उत्साह उठाउँदै कमी ।। ढिलो गरे कर्म पछाडि जान्छ कि । भनेर सासू र मुमा सचेत ती ।।

Nepal Telecom ad

चेवन बस्नेत ठूलाघरे :

मुमा सबैकी प्रणयी बनी दिने ।
समान सासू प्रियता बुनी लिने ।।
दुबै उज्यालो दिप झैँ हिँडे पछि ।
अबाध सासू र मुमा खुब खुसी ।।१।।

जलाउ पीडा असली मुमाहरू ।
निचोर काला विरही मुनाहरू ।।
मिलाउ आत्मा सुख भोग गनी ।
रमाउ सासू अनि ती मुमा पनि ।।२।।

सबै सबैका मन दौडिए पनि ।
हतारले ती दिल पौडिए पनि ।।
निकास सोँच्दै जन भावना भरी ।
जुटेर सासू र मुमा सयौँ घडी ।।३।।

जमाउ किल्ला सबका अधीश ती ।
बनेर सासू अनि ती मुमा पनि ।।
हिँडेर गन्तव्य पुगे जमाउँदै ।
लु हेर सासू र मुमा रमाउँदै ।।४।।

बने तपस्वी परिवारमा उनी ।
सजीव उत्साह उठाउँदै कमी ।।
ढिलो गरे कर्म पछाडि जान्छ कि ।
भनेर सासू र मुमा सचेत ती ।।५।।

०००
धर्मदेवी न.पा. ९, पपाँगु, सङ्खुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
सबै पाका मान्छे …

सबै पाका मान्छे …

चेवनचन्द्र बस्नेत
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

चेवनचन्द्र बस्नेत
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

वृद्धाहरू सबल छन् अब...

चेवनचन्द्र बस्नेत
वृद्ध जोडी

वृद्ध जोडी

चेवनचन्द्र बस्नेत
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
0
Would love your thoughts, please comment.x
()
x