साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

उल्का भयो भुवनमा किन हुन्छ यस्तो । बिक्दै छ कर्मपथमा बल बैँस सस्तो ।। सुम्पेर जीवन सके धन पुण्य काम । यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।।

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

घोटेर बैँस सकिँदा बल हुन्छ जीर्ण ।
इच्छा अगम्य मनको अझ हुन्न पूर्ण ।।
चाहन्छ मानव खुसी भवमा सुनाम ।
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।।१

राम्रो विचार नलिए घरबार चल्छ ? ।
उत्सर्ग मानव जुनी अब देह ढल्छ ।।
उब्जन्छ अन्न घरमा तब मिल्छ दाम ।
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।।२

उत्साह राह नभए कुन मार्ग जाने ।
मीठो छ भोक पसिना नबगे नखाने ।।
सत्कर्म धर्म नरहे रहँदैन नाम ।
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।।३

पीडा सहेर खटिए परिवार पाल्न ।
नेपाल सेवक बने नव दीप बाल्न ।।
सम्मान मान नगरे अब मर्छ धर्म ।
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।।४

उल्का भयो भुवनमा किन हुन्छ यस्तो ।
बिक्दै छ कर्मपथमा बल बैँस सस्तो ।।
सुम्पेर जीवन सके धन पुण्य काम ।
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।। ५

०००
पाउँदीबजार, लमजुङ

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Jagadiswor Pokharel
Jagadiswor Pokharel
1 month ago

लोकप्रिय फित्कौली डटकमले नेपाली भााषा, साहित्य, कलाको उन्ननयनमा अतुलनीय योगदान गरी रहेको छ । प्रधान सम्पादक नरनाथ लुइँटेलको योगदनलाई सम्मान गर्दछु । सामााजिक कार्यमा समर्पित हुनु भनेको चानचुने कुरा होइन । सर्जकका सिर्जना भावक सामु पुऱ्याइ दिनु हुन्छ । ओझेलमा परेका सर्जकलाई प्रकाशित गरिदिनु भएको छ । भावकले पढ्न पाउँछन् । कविता प्रकाशित गरिदिएर विश्व व्यापी बनाइदिएकोमा फित्कौली परिवारमा हार्दिक आभार अर्पण गर्दछ ।

Nepal Telecom ad
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
के फूल फुल्लान् बागमा

के फूल फुल्लान् बागमा

जगदीश्वर पाेखरेल
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
1
0
Would love your thoughts, please comment.x
()
x