साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो बचाऔँ अस्मिता

रोटी र बेटी धर्मको सम्बन्ध गाढा भन्दछ । गासिन्न नाता शत्रु हो बानी छ दम्भी हेप्दछ ।। झुक्दैन अग्लो माथ यो बढ्दै छ साह्रै तिक्तता । भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता ।।

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

नेपाल हाम्रो स्वर्ग हो छानो छ सेतो टल्किने ।
हीरा र मोती माथमा उत्साह भर्दै झल्किने ।
देखेर हाम्रा लोभिए संस्कार उम्दा सभ्यता ।
भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता ।।१

नेपाल छाती वीरको पाषाण भन्दा दर्बिलो ।
झुक्दैन वैरी सामुमा आदर्श आस्था गर्बिलो
रेटिन्छ घाँटी दुष्टको त्यागिन्छ वैरी दासता ।
भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता ।।२

स्वार्थी छिमेकी नम्रता जान्दैन बोल्नै धूर्त हो
मिच्दै छ सीमा लिम्पिया झारिन्छ सेखी शत्रुको ।।
लाग्दैन माया आँतमा मिल्दैन आस्था मित्रता
भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता ।।३

आदर्श छोरो गोरखा भिड्नेछ आफैँ युद्धमा ।
नेपाल आमा शान्तिको सम्मान गर्छिन् बुद्धमा ।।
सुक्दैन पानी हैमको झुक्दैन हाम्रो वीरता ।
भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता ।।४

रोटी र बेटी धर्मको सम्बन्ध गाढा भन्दछ ।
गासिन्न नाता शत्रु हो बानी छ दम्भी हेप्दछ ।।
झुक्दैन अग्लो माथ यो बढ्दै छ साह्रै तिक्तता ।
भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता ।।५

०००
पाउँदी, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
दसैँ मान्न पाऊँ सधैं ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैं...

कमला पन्थी अधिकारी
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

दीनानाथ पाेखरेल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

वेदप्रसाद रिजाल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

रामशरण न्याैपाने
दसैँ मान्न पाऊँ

दसैँ मान्न पाऊँ

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x