साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो बचाऔँ अस्मिता

रोटी र बेटी धर्मको सम्बन्ध गाढा भन्दछ । गासिन्न नाता शत्रु हो बानी छ दम्भी हेप्दछ ।। झुक्दैन अग्लो माथ यो बढ्दै छ साह्रै तिक्तता । भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता ।।

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

नेपाल हाम्रो स्वर्ग हो छानो छ सेतो टल्किने ।
हीरा र मोती माथमा उत्साह भर्दै झल्किने ।
देखेर हाम्रा लोभिए संस्कार उम्दा सभ्यता ।
भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता ।।१

नेपाल छाती वीरको पाषाण भन्दा दर्बिलो ।
झुक्दैन वैरी सामुमा आदर्श आस्था गर्बिलो
रेटिन्छ घाँटी दुष्टको त्यागिन्छ वैरी दासता ।
भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता ।।२

स्वार्थी छिमेकी नम्रता जान्दैन बोल्नै धूर्त हो
मिच्दै छ सीमा लिम्पिया झारिन्छ सेखी शत्रुको ।।
लाग्दैन माया आँतमा मिल्दैन आस्था मित्रता
भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता ।।३

आदर्श छोरो गोरखा भिड्नेछ आफैँ युद्धमा ।
नेपाल आमा शान्तिको सम्मान गर्छिन् बुद्धमा ।।
सुक्दैन पानी हैमको झुक्दैन हाम्रो वीरता ।
भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता ।।४

रोटी र बेटी धर्मको सम्बन्ध गाढा भन्दछ ।
गासिन्न नाता शत्रु हो बानी छ दम्भी हेप्दछ ।।
झुक्दैन अग्लो माथ यो बढ्दै छ साह्रै तिक्तता ।
भूभाग वैरी ताक्तछन् हाम्रो बचाऔँ अस्मिता ।।५

०००
पाउँदी, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
के फूल फुल्लान् बागमा

के फूल फुल्लान् बागमा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x