साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सबै पाका मान्छे …

यिनैको सेवामा भर दिन सके आल्ह्वाद हुन्थे कति । धरामा रोपेमा लहलह हुँदै फल्ने थियो ओखती ।। हिँडाए धर्तीमा सबल बनियो आलोक उत्साहका । सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका ।।

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

खपे गर्मी जाडो ऋतु अयनमा सन्तानका खातिर ।
सुते आधा भोकै निशदिन खटे विश्वास को गर्छ र ।।
सिकाए मायाले चलन कुलका औतार हुन् रामका ।
सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका ।।१

सुनाए बाबाले ललित कविता सुन्ने मिल्यो औसर ।
खुवाइन् आमाले पलपल भुजा खेल्ने थिए दौँतर ।।
दिए शिक्षादीक्षा हरपल थिए आस्था र विश्वासका ।
सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका ।।२

उकाली ओराली तरर पसिना झर्ना बगे छङ्छङ ।
समालिन् माताले कहर नभनी नाच्यौँ सदा छम्छम ।।
दुवै हाम्रा दाता हृदय टुकुरा सम्पूज्य सन्तानका ।
सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका ।।३

झरी वर्षा खप्दै प्रतिदिन डटे जस्तै गरी गण्डकी ।
भनी लालाबाला विभव भवमा घोटे सबै जिन्दगी ।
खने बाटोघाटो श्रम कति गरी सन्मार्ग आदर्शका ।
सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका ।।४

यिनैको सेवामा भर दिन सके आल्ह्वाद हुन्थे कति ।
धरामा रोपेमा लहलह हुँदै फल्ने थियो ओखती ।।
हिँडाए धर्तीमा सबल बनियो आलोक उत्साहका ।
सबै पाका मान्छे अनुपम खुदा हुन् यो धराधामका ।।५

०००
पाउँदीबजार, लमजुङ

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Jagafiswor pokharel
Jagafiswor pokharel
3 months ago

लोकप्रिय फित्कौली डटकमले नेपाली भााषा, साहित्य, कलाको उन्ननयनमा अतुलनीय योगदान पुऱ्यइरहेको छ । प्रधान सम्पादक नरनाथ लुइँटेलको योगदनलाई सम्मान गर्दछु । सामााजिक कार्यमा समर्पित हुनु भनेको चानचुने कुरा होइन छाती ठुलै चाहिन्छ । सर्जकका सिर्जना भावक सामु पुऱ्याइ दिनु हुन्छ । ओझेलमा परेका सर्जकलाई प्रकाशित गरिदिनु भएको छ । भावकले पढ्न पाउँछन् । कविता प्रकाशित गरिदिएर विश्व व्यापी बनाइदिएकोमा फित्कौली परिवारमा हार्दिक आभार ज्ञापन गर्दछु ।

Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
के फूल फुल्लान् बागमा

के फूल फुल्लान् बागमा

जगदीश्वर पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
1
0
Would love your thoughts, please comment.x
()
x