साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के के नयाँले गरे

जो जो मिल्न सके मिले सदनमा, बाँडेर खाए घुस। गाई हुन्न गधा धुएर जलले साँचो कुरा यो बुझ।। सुध्रेला बनको जनावर बरू, सुध्रन्न त्यो भ्रष्टले। भाए देव समेत सुधार्न नसकी, सक्ला सुधारी कले।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

रेमीटेन्स उठाइ खाइ घरमा, जो गर्दछन् शासन।
देखाई बनसम्पदा मुलुकको, जोडे उनैले धन।।
कोही छैन यहाँ युवा र युवती, गर्छन् कमाई पर।
ढोका खोल्न समेत कष्ट परने, छन् बृद्ध बृद्धा घर।।

केगर्ने जनले सुनेन कसले उल्टो हिँड्यो शासक।
केही गर्छु भनी थुतेर जनमत्, गर्दैछ यो घातक।।
चुल्ठे औ मुदरे घुसे सदनमा, उल्टा र सुल्टा बके।
अन्जान्  छन् सबका सबै सदनमा, कोही विवेकी छ के?

गछर्न् ढोग सलाम दुष्ट जनको, जस्ले सिमाना मिचे।
जेजे काम गरे पुरान जनले, त्यही नयाँले सिके।।
आफ्ना भ्रष्ट बने पुछेर दुधले चोखो भयो भन्दछन्।
झुक्याई जनको किनेर मतको, नेता तिनै बन्दछन्।।

जो जो मिल्न सके मिले सदनमा, बाँडेर खाए घुस।
गाई हुन्न गधा धुएर जलले साँचो कुरा यो बुझ।।
सुध्रेला बनको जनावर बरू, सुध्रन्न त्यो भ्रष्टले।
भाए देव समेत सुधार्न नसकी, सक्ला सुधारी कले।।

हे आमा अब पुत्र देउ गतिलो, यो देशको रक्षक।
जोजो शासनमा रमे अभनिमा, सारा भए भक्षक।।
कोही बुद्ध समानका पनि थिए, बाँच्नै दिएनन् यहाँ।
बस्नेछैन यहाँ बुझाइ मन यो, छोडेर जाऊ कहाँ।।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
बोल्दै नबोल्ने भयो

बोल्दै नबोल्ने भयो

बालकृष्ण खनाल
भागेर जो गैगयो

भागेर जो गैगयो

बालकृष्ण खनाल
बूढो भएछू अब

बूढो भएछू अब

बालकृष्ण खनाल
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
ल्वाँठहरूले

ल्वाँठहरूले

भीम गाैतम
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
0
Would love your thoughts, please comment.x
()
x