साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोल्न नहुने के रोग लाग्यो कुनि ?

हो औकात बुझ्यो हुडार सबको, नङ्ग्रा फिजाई उठ्यो। जो कम्जोर थिए उनै सजनको, सिध्याउनैमा जुट्यो।। लाग्यो डस्न हुँडार मिठा बचनले, हैरान बस्ती भयो। सिध्यायो सबकाम काज तब ऊ, दौडेर टाडा गयो।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

भेढाको हुलमा हुडार छ भनी, जानेन कोही पनि ।
खान्थ्यो घाँस र पात ऊ सगसगै,झुक्याइ भेढो बनी।।
झुक्केछन् बिचरा अवोध पसुती, केजान्दथे दुस्मन।
बाठो थ्यो मनको हुडार बहुतै,भेढा थिए सज्जन।।

भेढा बुद्धि बिना हुडार अगुवा, ठानेर लागे पछि।
केराख्थ्यो पसुको हुडार बनको, छोपेर पार्‍यो खसि।।
कोहो मित्र र दुष्ट चिन्न नसके, धोका हुनेनै भयो।
आयो वायु बनेर सुट्ट घरमा, टाँचा लगायो गयो।।

हो औकात बुझ्यो हुडार सबको, नङ्ग्रा फिजाई उठ्यो।
जो कम्जोर थिए उनै सजनको, सिध्याउनैमा जुट्यो।।
लाग्यो डस्न हुँडार मिठा बचनले, हैरान बस्ती भयो।
सिध्यायो सबकाम काज तब ऊ, दौडेर टाडा गयो।।

लाटो हैन हुन ता बोल्न नहुने, के रोग लाग्यो कुनि।
भेडा बोल्न सिकाउछ्न् घरिघरी, बोल्दैन केही पनि।।
कस्ले पो इसरा गरेर उसको, यस्तो सिकाऊदछ।
छोडी काम समाजको त अधुरो, हरदम उता धाउँछ।।

अर्काको बनि दास झुकेर हरदम, बिन्ती चडाऊदछ।
आफ्नाको हरदम कज्याइ कन ऊ दासी बनाऊदछ।
दासी बन्छ ठुलाबडा मनुजको, सेवा गरौला भनी।
बोल्नै दिन्न रहेछ आज जनको, राजा समानको बनी।।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
बोल्दै नबोल्ने भयो

बोल्दै नबोल्ने भयो

बालकृष्ण खनाल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x