बालकृष्ण खनालढोका सबैको उहीँ
कोही छैन उचा निचा मनुजमा, हो जात मान्छे सब। जोडी कूम हिँडौँ सबै सँगसँगै, भेदभाव तोडौँ अब।। ढोका छन् सबका बराबर यहाँ, छैनन् कसैका बडि। कोही जात ठुला हुँदा मनुजका, साना भए केगरी।।
बालकृष्ण खनाल :
नौ ढोका जब खुल्छ त्यो भवनको, होला उज्यालो तहाँ।
रच्दै सृष्टि नया नया खुसिहुदै, पस्नेछ आत्मा जहाँ।।
त्यो हो मन्दिर एक देव पुरको, बस्छन् तहा देवता।
देवताहुन् घरका पिता र ममता, खोजेर हिड्छौ कता।।
नौ ढोके घरले भए सहमती, सम्बन्ध बन्ला जब।
ढोका आपसमा मिलाउनसके, यो सृष्टि चल्ला तब।।
आऊ प्यार गरौ बसौ सगसगै, ढोका मिलाई कन।
लादेका अतिरन्जना किसमका, तोडेर सब बन्दन।।
कोहो देव यहाँ सबै मनुज हौँ, संसारमा छौ जति।
देवताहुन् सबका सबै पुरुष यी, नारी सबै पार्वती।।
मात्रै जात दुई छयो भुवनमा, मान्छेहरू छन् जति।
लोग्ने हुन् सबका सबै पुरुष यी, अर्को छ जो श्रीमती।।
कोही छैन उचा निचा मनुजमा, हो जात मान्छे सब।
जोडी कूम हिँडौँ सबै सँगसँगै, भेदभाव तोडौँ अब।।
ढोका छन् सबका बराबर यहाँ, छैनन् कसैका बडि।
कोही जात ठुला हुँदा मनुजका, साना भए केगरी।।
कामी काम गरेर छुद्र गनियो, सामन्त राजा भयो।
जस्ले ठग्न सक्यो उहीँ समुहको, पण्डा पुजारी भयो।।
हामी एक समानछौ भुवनका, मान्छेहरू छौ जति।
गर्नै हुन्न विभेद मानव भए, होला गरेमा खती।।
०००
टिकापुर, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































