साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जामभित्रको गति

तिमी कल्पिएजस्तो अहिले म मेरो गतिमा चलेको छुइनँ एक्काइसौँ शताब्दीको लोकतन्त्रमा मेरो हालखबर यस्तै बेहाल छ गति छ मेरो तर जामभित्र !

Nepal Telecom ad

ईरानराई :

बायाँतिर
भटभटे, ट्याम्पु, सिटीसफारी र ट्रयाक्टरहरु
अगाडि बढ्न खोजिरहेका छन् असरल्लै
कि, झगडा गर्ने प्रतिस्पर्धा गर्दै छन्‌
म जान्दिनँ

बायाँपट्टि
बस, ट्रक, कार र ट्याक्सीहरु
दौडिरहेका छन् जबरजस्त
कि, चर्को हर्न बजाउने होडबाजी गर्दै छन्‌
त्यो पनि जान्दिनँ म

अघिल्तिरबाट
एम्बुलेन्सले मेरो बाटो छेकिरहेको छ
मानौँ, कुन बेला म घाइते हुन्छु
र बोकेर मलाई दौडाइहालुँजस्तो गर्दै छ
कमिसन पाक्ने अस्पतालतिर

ठिक मेरो पछिल्तिरबाट
शववाहनले पच्छाइरहेको छ मलाई
ता कि
कतिखेर म मर्छु
र मेरो लाशलाई घाट पुर्‍याउन आतुर छ ऊ

आमा
तपाईँले सोचेजस्तो
म मेरो गतिमा हिँड्न पाएको छुइनँ
गन्तव्यमा समयमै पुग्नुपर्ने सुनिश्चितता
अनिश्चिततामा बदलिएको छ
र पनि म गतिमै छु आमा
तर जामभित्र
एउटा गर्भावस्थाको भ्रुणझैँ

हुन त भ्रुणसँग त
बाहिर निस्किएर
संसारलाई नियाल्ने अभिलाषा हुन्छ
मसँगचाहिँ
संसारबाट बिदा हुने सम्भावना मात्र बाँकी छ

त्यसैले प्रिया
तिमीले कल्पिएजस्तो
अहिले म मेरो गतिमा चलेको छुइनँ
एक्काइसौँ शताब्दीको लोकतन्त्रमा
मेरो हालखबर यस्तै बेहाल छ
गति छ मेरो
तर जामभित्र !

०००
२०८३ भदौ २६ गते बिहीवार
११ः३० पूर्वान्ह (रचना–स्थान : विराटनगर, मोरङ)
ठेगाना : बेलबारी नपा–०१, मोरङ, नेपाल

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Shubhananda Rai
Shubhananda Rai
1 month ago

#वर्तमानलाई व्यङ्ग अनि कविवरमा निराशा। जस्तै भएपनि कविको कलम जाममा नपरोस्। शुभकामना।

Nepal Telecom ad
गर्छौ भने चाकरी

गर्छौ भने चाकरी

रामशरण न्याैपाने
मान्दैन यस्तो रित

मान्दैन यस्तो रित

बालकृष्ण खनाल
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
1
0
Would love your thoughts, please comment.x
()
x