साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जामभित्रको गति

तिमी कल्पिएजस्तो अहिले म मेरो गतिमा चलेको छुइनँ एक्काइसौँ शताब्दीको लोकतन्त्रमा मेरो हालखबर यस्तै बेहाल छ गति छ मेरो तर जामभित्र !

Nepal Telecom ad

ईरानराई :

बायाँतिर
भटभटे, ट्याम्पु, सिटीसफारी र ट्रयाक्टरहरु
अगाडि बढ्न खोजिरहेका छन् असरल्लै
कि, झगडा गर्ने प्रतिस्पर्धा गर्दै छन्‌
म जान्दिनँ

बायाँपट्टि
बस, ट्रक, कार र ट्याक्सीहरु
दौडिरहेका छन् जबरजस्त
कि, चर्को हर्न बजाउने होडबाजी गर्दै छन्‌
त्यो पनि जान्दिनँ म

अघिल्तिरबाट
एम्बुलेन्सले मेरो बाटो छेकिरहेको छ
मानौँ, कुन बेला म घाइते हुन्छु
र बोकेर मलाई दौडाइहालुँजस्तो गर्दै छ
कमिसन पाक्ने अस्पतालतिर

ठिक मेरो पछिल्तिरबाट
शववाहनले पच्छाइरहेको छ मलाई
ता कि
कतिखेर म मर्छु
र मेरो लाशलाई घाट पुर्‍याउन आतुर छ ऊ

आमा
तपाईँले सोचेजस्तो
म मेरो गतिमा हिँड्न पाएको छुइनँ
गन्तव्यमा समयमै पुग्नुपर्ने सुनिश्चितता
अनिश्चिततामा बदलिएको छ
र पनि म गतिमै छु आमा
तर जामभित्र
एउटा गर्भावस्थाको भ्रुणझैँ

हुन त भ्रुणसँग त
बाहिर निस्किएर
संसारलाई नियाल्ने अभिलाषा हुन्छ
मसँगचाहिँ
संसारबाट बिदा हुने सम्भावना मात्र बाँकी छ

त्यसैले प्रिया
तिमी कल्पिएजस्तो
अहिले म मेरो गतिमा चलेको छुइनँ
एक्काइसौँ शताब्दीको लोकतन्त्रमा
मेरो हालखबर यस्तै बेहाल छ
गति छ मेरो
तर जामभित्र !

०००
२०८३ भदौ २६ गते बिहीवार
११ः३० पूर्वान्ह (रचना–स्थान : विराटनगर, मोरङ)
ठेगाना : बेलबारी नपा–०१, मोरङ, नेपाल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x