साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भैरव पुरस्कार २०८३ समर्पण : टेकवीर मुखिया- आरसी रिजाल र देवीप्रसाद चापागाईं पुरस्कृत

रिजाललाई रू १ लाख ११ हजार १ सय ११, मुखियालाई १ लाख १ हजार रुपैयाँ र चापागाईलाई ५१ हजार १ सय ११ रुपैयाँ नगदसहित पुरस्कृत गरिएकाे हाे ।

Nepal Telecom ad

काठमाडौं । यस वर्षको भैरव पुरस्कार मकवानपुरका हास्यव्यङ्ग्य साहित्यकार आरसी रिजाललाई प्रदान गरिएको छ भने भैरव वाङमय पुरस्कार वरिष्ठ चित्रकार टेकवीर मुखियालाई प्रदान गरिएको छ । त्यसै गरी भैरव प्रतिभा पुरस्कार हास्यव्यङ्ग्य लेखनमा क्रियाशील स्रष्टा देवीप्रसाद चापागाइँलाई प्रदान गरियो ।

आइतबार काठमाडौं, जाेरपाटीस्थित भैरव स्मृति भवनको सभाकक्षमा सम्पन्न भैरव पुरस्कार गुठीले विशेष समारोहको आयोजना गरी उक्त पुरकारहरू समर्पण गरेको हो । समारोहका अध्यक्षता गुठीका अध्यक्ष रोचक घिमिरेले गर्नु भएको थियो ।

रिजाललाई रू १ लाख ११ हजार १ सय ११, मुखियालाई १ लाख १ हजार रुपैयाँ र चापागाईलाई ५१ हजार १ सय ११ रुपैयाँ नगदसहित पुरस्कृत गरियो ।

समारोहमा पुरस्कृत व्यक्तित्वहरू मध्ये टेकवीर मुखियाका बारेमा प्रा. रामकुमार पाँडेले,  आरसी रिजालका बारेमा हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेलले र देवीप्रसाद चापागाइँका बारेमा डा. हरिप्रसाद सिलवाललले परिचयात्मक मन्तव्य प्रस्तुत गर्नु भएको थियो ।

परिसरमा रहेको भैरवको सालिकमा माल्यार्पण गरी आरम्भ भएको समारोहमा गुठीका सचिव वसन्त रिजालले स्वागत मन्तव्य एवम् प्रल्हाद पोखरेलले भैरवको व्यक्तित्वमा आधारित कविता प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा भैरव अर्यालका सुपुत्र दीपक अर्यालले भैरव अर्याललाई जीवन्त राख्न गुठीले निर्वाह गरिरहेको भूमिकाप्रति खुशी व्यक्त गर्दै यसमा सक्रिय रहनुभएका सबैलाई धन्यवाद दिनुभयो ।

अस्वस्थताका कारण पुरस्कृत व्यक्तित्व मुखिया सहभागी हुनु नभएको र उहाँको सम्मान पत्र एवम् नगद राशि उहाँका सुपुत्रले ग्रहण गर्नु भएको थियो । पुरस्कृतद्वय रिजाल र चापागाइँले मन्तव्य दिँदै भैरवको नामसँग जोडिएको पुरस्कार ग्रहण गर्न पाउँदा गौरवानुभूति भएको बताउनु भयो ।

समारोहमा कवि डिल्लीप्रसाद मूलतिहूनले फर्सीको कविता सुनाउँदै सम्मानित व्यक्तित्वहरूलाई लौका उपहार दिँदा वातावरण हाँसोमय बनेको थियो ।

सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष, निवर्तमान अध्यक्ष राजकुमार लामिछाने सहित विभिन्न साहित्यिक संस्थासम्बद्ध साहित्यिक व्यक्तित्व एवम् हास्यव्यङ्ग्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको समारोहलाई सरोज घिमिरेले मनोरञ्जक पारामा सञ्चालन गर्नु भएको थियो ।

गुठीले पुरस्कार प्राप्तकर्ताहरूको नाम छनौट गर्न साहित्यकार विमल अर्यालको संयोजकत्वमा गुठीका सचिव वसन्त रिजाल र साहित्यकार प्रल्हाद पोखरेल रहनु भएको चयन समिति गठन गरेको र समितिले सिफारिस गरेका व्यक्तित्वहरूलाइ पुरस्कृत गर्ने घाेषणा केही हप्ता अघि गरेकाे  थियो ।
०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x