साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उसले अर्थात् मैले

विद्यार्थीहरूलाई सिर्जनशील बन्नू भनेर हप्की–दप्की गर्छ ऊ भने न चित्र कोर्छ न गाउँछ, न कवितै लेख्छ घन्टी गन्छ, दिन गन्छ ।

Nepal Telecom ad

ईरान राई :

छेर लेखेर
अक्षर सुधार् भन्छ
आफू बेपत्ता हुन्छ
तर अरूलाई ‘हाजिर हू’ भन्छ
आफू ढिलो आएर
अरूबाट विलम्ब जरिवाना उठाउँछ
पाँचदेखि पन्ध्र मिनेट ढिलो छिर्छ
आधा घन्टा कक्षा नलिँदै
ढोकाबाट बाहिर पुलुक्क पुलुक्क चियाउँछ
र अर्को घन्टी आङ तन्काउँदै पर्खन्छ
तर नानीहरूलाई पूरै समय कक्षामै पढ्ने
ठाडो आदेश छाँट्छ
विद्यार्थीहरूलाई सतहत्तर जिल्ला घोक् भन्छ
ऊ भने सात प्रदेशको नाममै कन्छ
ऊ कक्षामा पढाउँदा पढाउँदै झुल्छ
र कक्षालाईचाहिँ जाँगरिलो भएर पढ्न उपदेश भुक्छ
आफ्नो कपाल फिँजाएर जगटा बनाउँछ
छात्राहरूलाईचाहिँ दुई चुल्ठी बाट्न लगाउँछ
चप्पलमाथि जिन्स् पेन्ट्स् ढल्काउँछ
र नानीहरूको पोशाकमाथि औँला ठड्याउँछ
अतिरिक्त क्रियाकलापमा बाँकीलाई ढकेलेर
आफूचाहिँ एक्लै कुना रोज्छ
खाली समयमा नानीहरूसँग हेलमेल गर्दैन
‘पीर’ र ‘समस्या’ हरूचाहिँ भन् कि भन् भन्छ
अल्छी लाग्दा रमाइलो भ्रमण गर्न
‘विरामी विदा’ मागेर ढाँट्छ
विद्यार्थी बिरामी हुँदा भने
अभिभावकको सहीसहितको निवेदन माग्छ
शौचालय गएको नानीलाई पनि गाली गर्छ
अरूले नदेख्दा
छुट्टीभन्दा अगाडि नै स्कुलबाट भाग्छ
ऊ ‘तँ’ बोल्छ
अरूबाट ‘तपाईं’, ‘हजुर’ को सम्बोधन रोज्छ
पाठै पढाउँदैन, लेखाउँदैन
तर सबैभन्दा बढी प्राप्ताङ्क उसैले खोज्छ
विद्यार्थीहरूलाई सिर्जनशील बन्नू भनेर
हप्की–दप्की गर्छ
ऊ भने न चित्र कोर्छ
न गाउँछ, न कवितै लेख्छ
घन्टी गन्छ, दिन गन्छ
‘विदा’ जतिलाई ठीक चिन्ह लगाउँछ
समयलाई फटाएर धुजा–धुजा पार्दै
महिना र वर्षहरू सबै यसरी नै कटाउँछ ।

०००
बेलबारी, माेरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x