साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो जीवनी बन्जर (काव्यांश)

आशा छैन सबै बिलाई सपना शून्यान्त सारा भए पासा बन्छ सबै सुकेर बिपना दुःखान्त गन्दै गए आफ्नो भो विदिशा दिशा छ कतिको देखेर के हुन्छ र भाला भाल छिरेर हाल हुल भो, भो जीवनी बन्जर ॥

Nepal Telecom ad

हेम अधिकारी :

हामी झैँ कति गाउँमा सहरमा बस्छन् बिलौना गरी !
फुल्दैनन् पहरा र फाँट गरिमा बैसाकमा सुन्दरी
खुल्दैनन् सपना मधेसतिरका मुस्कान के हुन्छ र
रित्ता बास उजाडिएर झुपडी हा ! जीवनी बन्जर ॥१०२॥

हेरी त्यो नभमा सुदूर गतिमा फर्कन्छ यो रोशनी
हेछौँ गाउँ उजाडिँदैछ यसरी जाँदैछ लर्को गनी
शेर्पा गाउँ हिमाल काख सकिँदा बाँच्ला र के गौरव
सुन्दा लाग्छ जताततै छ पहिरो भो जीवनी बन्जर ॥१०३॥

हामी झैँ कति वृद्ध छन् सकसमा को देख्छ को हेर्छ र !
हामी झैँ जन बन्द छन् सकलमा को सुन्छ को देख्छ र !
हामी झैँ परिपक्व छन् बिपतमा को भन्छ को गन्छ र !
हामी छौँ अब आयुको समरमा भो जीवनी बन्जर ॥१०४॥

आँखा छन् मधुरा र कान मधुरा टोकिन्न सारो कुरा
खेली साथ रमाउने पनि यहाँ छैनन् सँगैमा भुरा
एक्ला छौँ घरमा रमाउन सँगी को साथमा हुन्छ र
सारा रक्त–विरक्त हुन्छ धरणी भो जीवनी बन्जर ॥१०५॥

आशा छैन सबै बिलाई सपना शून्यान्त सारा भए
पासा बन्छ सबै सुकेर बिपना दुःखान्त गन्दै गए
आफ्नो भो विदिशा दिशा छ कतिको देखेर के हुन्छ र
भाला भाल छिरेर हाल हुल भो, भो जीवनी बन्जर ॥१०६॥

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धनमहिमा

धनमहिमा

हेम अधिकारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x