साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उत्पात भो

कालो मात्र मिठो भयो धन सबै के राक्षसी जात भो नाङ्गै नाच छ नर्तकी असल हूँ के नक्कली बात भो ! कत्रो हो मुख पेट गर्धन नली आहारको खात भो खाई मस्त भएँ सबै मुलुक नै उत्पात उत्पात भो ।

Nepal Telecom ad

हेम अधिकारी :

मेरो देश बनाउनेछु म भनी उफ्रेर भन्ने म हो
आफैँ मात्र बडो अरू तलतिरै देख्ने र गन्ने म हो
पीडामा जनका रमेर महिमा आफ्नै पढन्ते म हो
आफ्नो भाग भनेर तुच्छ रहमा डुब्ने भँडन्ते म हो ।१

खालो खास सरेन देश दिनहूँ पाताल झार्ने म हो
आफैँ मालिक हूँ गुथेर पगरी आकाश चुम्ने म हो
भासिन्छन् जन आर्तका कहरमा देख्तैनदेख्ने म हो
खोक्र्याई जननी सकी सब गुदी बोक्र्याउने नै म हो ।२

मासी गौरव त्यो अतीत युगको भत्काउने पात्र हो
सारा सल्बल जादु खल्बल गरी हच्काउने मात्र हो
भन्ने एक कुरा अरू गुरुहरू थाप्ने महाछात्र हो
केही दर्शन छैन भन्छु गुरु हूँ मै कामु वा सार्त्र हो ?३

आफ्नै देश डुबाउने दिनदिनै बढ्दोछ बित्पात यो
खाई देश अघाउदीन मतुवा कस्तो कडा मात यो ।
छैनन् गाउँ उजाड छन् जनहरू रित्ता घरै घात भो
के चाण्डाल भएँ, गयो सब गयो बर्बाद बर्बाद भो ।४

कालो मात्र मिठो भयो धन सबै के राक्षसी जात भो
नाङ्गै नाच छ नर्तकी असल हूँ के नक्कली बात भो !
कत्रो हो मुख पेट गर्धन नली आहारको खात भो
खाई मस्त भएँ सबै मुलुक नै उत्पात उत्पात भो ।५

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धनमहिमा

धनमहिमा

हेम अधिकारी
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x