साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सानले मर्न पाऊँ

सेता अग्ला मुकुट मणिको ताज हो नित्य राम्रो त्यस्तो राम्रो हिमगिरि कला मान सम्मान हाम्रो हाँस्दै नाचुन् प्रकृति तनया प्रेमले प्यार साथ यस्तो हाम्रो प्रिय मुलुकको पाउमा राख्छु माथ ।

Nepal Telecom ad

हेम अधिकारी :

मेची काली कलकल गरी प्रेमले बग्न पाउन्
कर्णालीका तटतट सधैँ शालिजी रम्न पाउन्
कोसी पाखा रनवन सबै प्रेमले मस्त गाउन्
वासन्ती ती प्रकृति रमणी वागमा घुम्न आउन् ।१

झापा हेर्दै वन र छहरा दार्चुलामा रमाओस्
कञ्चन्जङ्घा प्रियतम प्रिया कञ्चनी रम्न पाओस्
भोटेकोसी अरुण जलमा गण्डकी मिल्न पाओस्
देवी नाचुन् हृदय तलमा प्रेम पाथीभरा होस् ।२

सेता अग्ला मुकुट मणिको ताज हो नित्य राम्रो
त्यस्तो राम्रो हिमगिरि कला मान सम्मान हाम्रो
हाँस्दै नाचुन् प्रकृति तनया प्रेमले प्यार साथ
यस्तो हाम्रो प्रिय मुलुकको पाउमा राख्छु माथ ।३

नेपालीको मनसँग लिई घुम्न संसार जाऊँ
नेपालीकै परिचय दिई जम्न आधार पाऊँ
नेपाली हूँ प्रिय मन सदा विश्वमा प्रेम लाऊँ
घुम्दैफिर्दै प्रियतम धरा फर्की नेपाल आऊँ ।४

हाँस्तै खेल्दै सलिल हिउँले प्यास यो मेट्न पाऊँ
नेपाली हे ! प्रियजन सधैँ प्रेमले भेट्न पाऊँ
वाह्रैमासा झिलिमिलि हुने प्यार यो भर्न पाऊँ
हेर्दै प्यारो हिमगिरि छटा सानले मर्न पाऊँ ।५

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कवि नम्बर ३६०

कवि नम्बर ३६०

हेम अधिकारी
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
धनमहिमा

धनमहिमा

हेम अधिकारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
सत्य बात

सत्य बात

बिन्दु दहाल ‘मूकदर्शक’
गर्छौ भने चाकरी

गर्छौ भने चाकरी

रामशरण न्याैपाने
मान्दैन यस्तो रित

मान्दैन यस्तो रित

बालकृष्ण खनाल
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x