रामशरण न्याैपानेगर्छौ भने चाकरी
आफैँ रक्षक बन्न भक्षक यहाँ मान्दैन केही डर आफू कानुनदेखि माथि छु भनी गर्जिन्छ जो सत्वर नाङ्गो नाच गरेर हिँड्छ जुन त्यो आफैँ बनी केसरी पाइन्छन् उपहार कार घर नै गर्छौ भने चाकरी॥
रामशरण न्यौपाने “पाँचघरे” :
दासी दास बने पुगिन्छ पदमा डाकेर टीका धरी
साँचो पर्दछ हातमा सब जना तान्ने इसारा गरी
नोटै नोट सबार हुन्छ घरमा जन्ती सरी बेसरी
पाइन्छन् उपहार कार घर नै गर्छौ भने चाकरी॥१॥
सामन्ती जन ओत बन्छ जहिले जाने छ बाधा टरी
गर्दामा अपराध न्याय पनि त्यो फर्किन्छ आफैँ डरी
रोजै तेल घसी रिझाउन सके मिल्छन् अनेकौँ थरी
पाइन्छन् उपहार कार घर नै गर्छौ भने चाकरी॥२॥
पैसाको त अभाव हुन्न घरमा पस्ला धनैको कुलो
धौ धौ पर्छ लुकाउनै सुन धनै पर्ला नि खन्नै दुलो
नेता पनि टाउके पुज ठुलो माला अचाक्ली घरी
पाइन्छन् उपहार कार घर नै गर्छौ भने चाकरी॥३॥
मोटो पर्दछ छान्नु मालिक पनि गर्ने चलाखी बढी
सक्ने न्याय किनेर राख्न जहिले सर्वोच्च पैसा जडी
नेता हुन् धनका कुबेर घरमा भण्डार राख्ने भरी
पाइन्छन् उपहार कार घर नै गर्छौ भने चाकरी॥४॥
आफैँ रक्षक बन्न भक्षक यहाँ मान्दैन केही डर
आफू कानुनदेखि माथि छु भनी गर्जिन्छ जो सत्वर
नाङ्गो नाच गरेर हिँड्छ जुन त्यो आफैँ बनी केसरी
पाइन्छन् उपहार कार घर नै गर्छौ भने चाकरी॥५॥
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest








































