साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाङ्गो नाच म हेर्छु

बाँचेसम्म त टिक्नुपर्छ पदमा छोपेर गल्ती जता जो जो सक्दछ सोर्न दाम तिनकै खोजी छ धेरै यता खाई अर्ब निकाल्न छर्न कनिका भन्छन् सबैले तँ आ नाङ्गो नाच छ हेर्छु यो मुलुकमा पैसा विना नै म ता॥

Nepal Telecom ad

रामशरण न्यौपाने “पाँचघरे”:

भन्छन् चाकर दाम खान नपुगी आ भ्रष्ट चाँडै तँ आ
भ्रष्टाचार गरेर दाम बटुली पारेर जम्मा तँ आ
दासी दास सयौँ गरीकन खडा लौ भ्रष्ट बाजा बजा
नाङ्गो नाच छ हेर्छु यो मुलुकमा पैसा विना नै म ता॥१॥

जा जा कानुन संविधान पर जा माफी गराई सजा
गर्छन् स्वागत भ्रष्टका उपरमा यो देश छोडी न जा
काण्डै काण्ड लुकाउँदै छल गरी खाता विदेशी सजा
नाङ्गो नाच छ हेर्छु यो मुलुकमा पैसा विना नै म ता॥२॥

भेडा घाँस दिई मजासित चरा साँढे लिई फाँट जा
बिक्छन् मानिस दाममा दिनदिनै किन्ने गरी आँट जा
लाछी भो सरकार नै खुद यहाँ भन्दै हकार्दै तँ जा
नाङ्गो नाच छ हेर्छु यो मुलुकमा पैसा विना नै म ता॥३॥

मासुभात दिए त दास जसरी लाग्छन् पिछा जो जता
माफी हुन्छ यहाँ हजार खत नै लाग्दैन केही पता
चोरीको धनमा रमाउनु यहाँ देखिन्छ झन् सौम्यता
नाङ्गो नाच छ हेर्छु यो मुलुकमा पैसा विना नै म ता॥४॥

नेता नै पनि भ्रष्ट नै ठिक भनी छान्छन् सबैले यता
पार्नै पर्दछ ध्वस्त देश जनता भन्छन् नि नेता जता
भ्रष्टाचार बनेर कोर फिँजियो जाऔँ कहाँ खै कता?
नाङ्गो नाच छ हेर्छु यो मुलुकमा पैसा विना नै म ता॥५॥

बाँचेसम्म त टिक्नुपर्छ पदमा छोपेर गल्ती जता
जो जो सक्दछ सोर्न दाम तिनकै खोजी छ धेरै यता
खाई अर्ब निकाल्न छर्न कनिका भन्छन् सबैले तँ आ
नाङ्गो नाच छ हेर्छु यो मुलुकमा पैसा विना नै म ता॥६॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x