साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पानीबढुवा हाकिम र गोल्डेन एज

पशुपति र गुह्येश्वरी दर्शन गर्न जाने कर्मचारीको गोल्डेन एजको संख्या घट्दै गएको भेउ युनियन हेर्ने ‘पानीबढुवा’ हाकिमले धेरै दिनसम्म त चालै पाएनन् ।

Nepal Telecom ad

ठाकुरप्रसाद अधिकारी :

बिग कर्पोरेट हाउसले ‘अबदेखि पानी बढुवाका हाकिम ! हुने अन्य प्रमोशन नगर्ने’ घोषणा गर्‍यो ।
कर्मचारीहरू दङ्ग परे ।

कम्पनीका पछौटेहरूले गजबै गर्नु भो ? काम छोडेर आधाजसोले मेवा मिष्ठान्नसहितको ताजाताजा बागमती स्वीट र राजभण्डारबाट ए क्लासको खाजा झिकाएर कयौं दिनसम्म भोज खाए । कयौंले बिना काममा खर्चिए । हरेकले हरेकको चोर औँला समात्दै कम्मर भाँचेर नाचगान गर्दै अबेर साझसम्म कोठा घन्काए । शरीरको प्रत्येक बुढो हड्डी अङ्ग प्रत्यङ्ग चङ्गाजस्तै चञ्चल उड्ने गरि हलुका बनाए । दर्शक दीर्घाबाट हाँसोले कोठा घन्काउदै भने कुल्ली–कवाडीको पनि ‘पानी बढुवा’मा राम्रो हुने रहेछ गाँठे !

त्यसपछि भोलिपल्ट स्टाफहरू उनै युनियन परिसरको एउटै कोठामा जम्मा भएर जागिरे जीवनको बारेमा प्रमोशनको प्रभाव बारेमा प्रवचन र भाषण दिन थाले ।

“बढुवा नभई जागीरे जीवन बित्यो । कर्मचारीको सुन्दर र सवल पक्ष भनेकै बढुवा रहेछ । अब बाजा बजाएर हिँड्नुस ।” कर्मचारी फुर्फरिन्छ “आर्यघाट स्नानगरी पशुपति गुह्येश्वरी दर्शन नगरी जागिरबाट मुक्ति मिल्दैन । बिलम्ब नगरौँ । सबै एकजुट भएर मिलेर जाऔँ ! पवित्र बागमती स्नान गरौ !”

बिग कर्पोरेट हाउसको कुरा सबैले विश्वास गरे । केही दिन अघि नौमती बाजा घन्काएर पञ्चकन्या लावालस्कर लाएर फूलमाला आफ्‌नो आफ्‌नो विभागबाट ग्रहण गरी जिल्ला जिल्लामा ‘पानीबढुवा हाकिम’को लागि रवाना भए । जागिरको अन्ततिरबाट पशुपति र गुह्येश्वरी दर्शन गर्न जाने कर्मचारीको गोल्डेन एजको संख्या घट्दै गएको भेउ युनियन हेर्ने ‘पानीबढुवा’ हाकिमले धेरै दिनसम्म त चालै पाएनन् ।

०००
तुप्चे– ४, नुवाकोट चनौटे
हाल– काठमाडौ– १५, चमती

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पैसा पोसाउने पेसा !

पैसा पोसाउने पेसा !

ठाकुरप्रसाद अधिकारी
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
निम्ताको जाल

निम्ताको जाल

ठाकुरप्रसाद अधिकारी
पुस्तकको चमत्कार

पुस्तकको चमत्कार

ठाकुरप्रसाद अधिकारी
प्रतिवाद

प्रतिवाद

फित्काैली डटकम
अभाव

अभाव

शेषराज भट्टराई
ओल्ड इज गोल्ड

ओल्ड इज गोल्ड

भोलानाथ सुबेदी
खरोखास मित्र

खरोखास मित्र

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x