साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पैसा पोसाउने पेसा !

उनले त पैसा पोशाउने नयाँ पेसा पो समातेछन् ‘बिचौलीया’ । यो पेसा सम्हालेको धेरै भएको भएको छैन तर उनलाई असाध्य पोसाएको छ ।

Nepal Telecom ad

ठाकुरप्रसाद अधिकारी :

छिमेकी धानचरी बाजे गाउँका टfठाबाठा भनि कहलिए पनि उहाँको आर्थिक अवस्था दयनिय, न्यूरोड, बिशाल, बजार भोटाहीटीको फुटपाथे नाम्ले भरियाको जस्तै नाजुक थियो । बाजेको पालाको बकुमफुसे दौरा सुरुवाल पोशाकमा सजिएर थोत्रो भेडीसिङ्गे साइकल चढेर व्यापार गर्दा दिनभर जोतेर थाकेको हत्तु गोरुजस्तै दुब्लो र पातजस्तै पातलो भएका थिए ।

एक दिन थाकेर बसेको बेला क्वीन्टल बम महापुरूषसित आँखा जुधे । उन उसले भन्यो–
ए ! धानचरी तिम्रो बकुम्फुसे यै दौरा सुरुवालले यतिको तिम्रो उन्नति हुन्छ ?
उसले यत्तिमात्रै के भन्या थ्यो– ‘थुइक्क ! म पनि यति सानो गहन कुरो नबुझ्‌ने थाङ्ने ! महापुरूषको तौलमात्र ठूलो होइन रहेछ बुद्धि पनि त झनै ठूलै रहेछ ।

अनि धानचरी बाजे धान व्यापारमा नखरा पारी धेरै टिक्न सकनेन् । चटक्क रत्पार्कको चटकेले हातको सफाइ गरेर साइकिल चलाउने साइकिलझै उनले धानव्यापार चिलिम धुवाँमा उडाएझै मजाले उडाइदिए ।

केही दिनपछि उही पुरानो घरको गुहे लिपपोत धन्दा ! नेता भेटघाट पनि पन्छाए ।
हैन ! टायरको चप्पल घिसारेर बीसाैँ तिसाैँ किलो वजनको भारी खेपेर शरिर र खप्पर चिथोरिने गरि पचासौँ माइल पर व्यापार गरेर के पार लाग्ला !

अब धानचरी भएर खुशी हुनु सट्टा उनी घरको भविष्यको आर्थिक विस्तार गर्न महापुरूषहरूको पुच्छर भएका छन् । शहर बजारतिर अड्डाअखाडातिर उनलाई बाक्लै भेटिन्छ । उनले त पैसा पोशाउने नयाँ पेसा पो समातेछन् ‘बिचौलीया’ । यो पेसा सम्हालेको धेरै भएको छैन तर उनलाई असाध्य पोसाएको छ ।

०००
तुप्चे– ४, चनौटे । हालः चमती, काठमाडौ– १५ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
पानीबढुवा हाकिम र गोल्डेन एज

पानीबढुवा हाकिम र गोल्डेन...

ठाकुरप्रसाद अधिकारी
निम्ताको जाल

निम्ताको जाल

ठाकुरप्रसाद अधिकारी
पुस्तकको चमत्कार

पुस्तकको चमत्कार

ठाकुरप्रसाद अधिकारी
फोकटलालको ज्ञानोपदेश

फोकटलालको ज्ञानोपदेश

दामाेदर न्याैपाने
दुईतिहाइको ठेडी

दुईतिहाइको ठेडी

फित्काैली डटकम
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x