साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छाडा साँढेको खोजी

दिउँसै टर्चलाइट बालेर ढाडे बस्ने टावर चढ्दै रुख बुट्यान उक्लिँदै उनी आफै छाडा साँढे खोज्न भौतारिन थाले ।

Nepal Telecom ad

ठाकुरप्रसाद अधिकारी

युटुबेबाट मैले सनुको थिएँ हाइप्रोफाइल कर्मकाण्डी बाजे सिसे महलका ठुले साहु हेन्सम अमेरीकी राष्ट्पति रोनाल्ड रेगनझै पहेंला पातलाे अग्लो चेहेराले चौतर्फी गाउँतिर चाउरे भनि बढी कहलिए । उनको आर्थिक चुनौती र घर परिवार बागमती किनाराका सुकुमवासीजस्तै रोग र भोक र शोकले आक्रान्त पीडित झै थिए । साझ बिहानको चिया नास्ता खोले फाडो जुटाउन हम्मे हम्मै भइ महापुरुषको विदेशी गन्ध आउने जुत्ता जप्पल मोलेर करिव सात सय असीऔँ दिन हप्ताहरु उन्नति हुन्छ कि भनि आशै आशमा बितेछन् ।

केही समय त सिकर्मी बज्रकर्मीको सिप सिकेर लाहुर दुख पाएर पसेर फर्केर मरेको साँढेको मूर्ति खोपेर आफ्नै हातखुट्टा धुने पानी किन्ने पैसा पाउन सकेनन् । उनको जीवन घरगाउँमै पत्याउन छाडे । कतिले लाहुेर लाछी,  काजी पल्टिन्छ, कायर काठको भन्ने संज्ञा पनि दिए । कतिले उनको घरमा कोठमा भाछामा आएर गरिब शोषित पीडत लुरीको कुखुरो चोरीको आरोप लाएर मार्ने धम्की पनि दिए ।  सासनमा साँढेको हल्ला र बिरोधमा निवेदन दिन सकेनन् । उनलाई यहि कुराले मर्म पार्दै थियो ।

जता हेर्यो उतै शहरबजार घार्ले साँढे । कोही वैध कोही अवैध साँढे । उनलाई यसै उत्तै साँढेबाट सक्रिय यस्तै दवदवाले कानमा बतास बढ्न थाल्यो । तर पनि उनले उहाँको आर्थिक परिणामा हिसाबले समउन्नत अवस्था न्यूरोड पिपलबोट, शहिदगेट डट्कम पुतली बजारतिर थोत्रा चन्द्र सम्सेरका पालाको च्वासचुस्स प्वाल परको ध्वाँसो र बागबाजरको सेकुवा आँखा लागेको सिटी ठिटीको नजर लागेको जुत्ता टालटुल गर्दै टल्काउदै हिँड्ने मागी खाने बटुवा भिखमगा खातेपाते जतिकै उहाँको आर्थिक दिनचर्या निकै नाजुक थियो ।

रोइरोइ बाँच्नु भन्दा पनि अकासे चरि माउले सुन्दैन हाँसी मरु भन्दा नि यमराज साँढे भाउ दिँदैन । उनको यस्तो दर्दनाक नाजुक अवस्था घडी सात वर्षको उमेरदेखि टर्दै थियो । उनी यस्तो परिवारमा रहे पनि उनी धूर्त काग र कोइलीजस्तै चंख थिए । यहि कालजयी कुरा शाश्वत सत्य सम्झेर उनले भोकले आक्रान्त परिवारको उन्नति गर्ने गहिरो सोच गरे घाँटीदेखि गोलीगाँठासम्मको बालक कालको बल लाएर एउटा खुमलटारको खँदिलो कुटम्बकोजस्तै कुढार बनाउने । सिहदरवारका बस्ने नेताको जतिकै समुन्नति र कुवेरको जति धन पैसा पद र प्रतिष्ठा हुन्छ भन्ने आशा गरेर पिता पुर्खाको देहतापले भाङ्ग्रे भोटो र चौघरे टोपी नफेरी जोडको युगकै उर्जाशील भव्य बलशाली कुढार निर्माण पनि उच्च श्रेष्टको प्रमाणीत गर्न एक वर्ष सिथिल भएर तीन सय पैसठी जोर अरुले दिएको थत्रो जडौरी पोशाक लाएर हराभरा रेडीमेड तरकारी उब्जनी हुने अप्रत्यासित अत्याधुनिक हलो कोलालो चलाएर साश्वत शिल्पीमा एक घच्चीको चोकचोकमा पारदर्शी ढंङगले देखिने गरि मन जस्तो मलिलो माटोमा कुढार सिर्जना गरे । उनलाई चिन्ने जान्ने चासो दिने पनि चौपट्टै चकित भए ।

भर्खरै उनलो जुनली रातको तारा गनेर बाल्यकालको ह्याकुला फुालएर बनाएको मनमोक कुढारबाट अब आर्थिक उन्नति भारुमा होइन डलरको डब्बल सेन्टी मिटरमा होइन किलो मिटरमा लाखौँ करोडाैँले पैसाको ब्रिफकेएकै घानमा बर्षिन्छ भकारी टन्न हुन्छ भन्ने आशा गरका थिए । एक दिन एकान्त समय पारेर तीन घना बाँस अग्लो पर्खाल नाघेर पहाडी मस्ता साढे हाम्प फालेर बालुवाटर बालकोट र बुढानिलकण्ठमा ऐयरपोट भन्सार प्रहरी छलेर मस्त धाउने साँढे उनको सुनको फुल पार्ने पैसा उमार्ने कुढारमा दैनिक साँझ बिहान मध्यान्ह हर्दम हदैसम्म डस्न थाल्यो । च्याप्पै उनले समाउन पनि सकेनन् । बचाउने कसले ?

उनको कुढारका तरकारीको हास्य चुटकिलाजस्तो अल्पआयुमै आत्मा हत्या भयो । पैसा फल्ने बोटमा दर्ज गरेको उनले । उनले आफ्नो परिचय दिन स्थापित बिलकुल होइन । यसरी देशको भोटेकोशीबाट भीषण बाडीले झै उनको कुढार साँढेले पटक पटक सखाप पारेको पछि उनले साढेबाट बच्न अनेक कोशीस कोशी पारी सरदारको चाररकोशे झाडीमा लुक्न जाने विचार गरे । फेशबुके साथीले देखे थाहा पाएर लाज नहुने कुरो डर नहुने होइन । उनको ध्यानले चालीसे कानेगुजी झिके । पुरानो पिनास रोग निको पार्ने आफ्नै घरको भित्ता कोपरे । मुठ्ठी जत्रो लाठो साँढेमाथि बर्षाए । तैपनि उसले फुटबलको पेलेझै खेल मैदानमा बल ड्बिलीङ गरी खेलेझै तरकारी त फिल्म सैलीमा सूर्ति माडेझै सोत्तर पारी दियो । कयौ पटक राती न सुत्न दिन्छ । जब उनी ओछेनेमा पल्टिन्छन् उ फुत्त एफएमे समाचारझै रात बिरात झक्कास जन्मिन्छ । यस्तो हायल कायल हमला गरेपछि उहाको घरको अवस्था झनै कमजोर हुँदै गयो ।

मानसिक स्वास्थ्य पनि जटिल हुँदै गयो । उनको कुढारको आर्षक ढंगका फालफूलका बहूमूल्यमा आम्दानी दिने गबज गबजका वाइडबडी रुख त दुइ चिरा गरि छिनमै उत्तानाे पारको देखेर उनको मन विक्षिप्त भयो । साढेबाट यस्ता चोटिला प्रहार हुन थलेपछि । अफ्नै टोलका टाटोपाटे ख्याउटे खैरे कैले ध्वाासे मखीबुट्टे कुकुर उसैमाथी भुकेपछि त्यसपछि त्यो दम्पच भयो । मन पनि अत्यन्त संवेदशील घटना आखमा छचल्ली रहदा रहदै घरको धुरीबाट धुवा आउन र आगनमा आगन्तुक आउने नभएपछि आफ्नो झक्कासको कुढारले ज्यान खाइसक्यो । आँगनमा अमला फल्ने गमाला लाउन पनि सकेनन् । यस्तो बिजोग हेर्नु भन्दा छाडेर केहि महिना अन्तै जान मन लाग्छ ।

घरपरिवारका सबै साँढेको आक्रमणबाट आत्तिए । अब बहकिन भएन । हरएक उपाय सोचे । साढेको रोग कसलाई कहौँ –भनौ कसलाई भनौ ? उनी आफैलाई लाज लाग्छ भन्न । साढेलाई च्याप्पै समाउँ भने कसले बचाउने ? उसलाई उन्नाई बिस उमेरको तिघ्रे चाहिने । उनी परे बीसको बदला चालिसे । प्रशासन खबर गरौँ सबैतिर सेटिङको जवाना छ । छिमेकीलाई भनौ डिल्लीको सिल्ली साढेझै जोरीपारी उसकै पछि लाग्छन् भन्न पनि मिलेन । फेरि फेशबुकमा साढेको फोटो पोष्ट गरी शेयर गरौँ आफ्नै साथी भाइबाट इज्जत लुटिने डर ।

के गर्नु साढे बाह्र पत्रुकार भाइ र अन्तरिक्षको नवग्रह भन्दा डिल्लीको सिल्लीभन्दा बलियो रहेछ । सढेलाई अभिवादन र नमस्कार गरेर बाँधेर घाँस हालेर पाल्न पोषण गर्न पनि उनले सकेनन् । आफ्नो घर कम्पाउण्ड परिसरमा आएको साढेलाई बाधेर राखे त आफैमाथि बन्दूक सोजिन के बेर ?

ह्वात्तै बालसखा खोलेका गाउका झोलेसाथीको सरसल्लाहमा आँगनको अमाला र गमला छाडेर उनी शहर पसे । शहरका सगर्व रोमान्स र हालीमुहाली गरेको पनि देखे । झोलेका साहुका साढे सहोदर नातेदारसित उसले प्रतिस्पर्धा गर्न त सकेनन् । उनीहरु त अन्तर्राष्ट्यि स्तरका खेलाडी जस्तै फ ल हाल्ने रहेछन् । मेराडोना मेसी भन्दा कम साढे होइन रहेछन् । फुटबल खेलझै झुक्याउने बुक्याउने र दाउपेच छलाउने चालमा खप्पीस । झोले साहुको आँखा कान छलेर उनले हङकङगे एक ज्याकेट कुन लतले वियर ह्वीस्की गल्ली गल्छेडा छाडेर जोडेको थिए । साहुकै शिफारिसमा उनका नातेदारलाई दाङदेउखुरीबाट दार्जिलिङ जन्त जाने बहानमा मागेर अन्तै फरार भएकाले चार सयको घच्चीको ज्याकेट चौध सयमा बेचेको उनको कानमा पर्यो । खाेले गाउँका झोले साहुको नातेदारले यस्तो दोहरो तेहोरो पोलाईले उनलाई थप पीडा दिइ रह्याे । सयमा ९९ थरि बिकृति गरि यस्तै उनलाई माखो खाने ठगी खाने भाडो उनलाई बनाए । तैपनि झण्डै चार पाच महिना त्यान्द्रो सास धानेर बसे ।

त्यसपछि उनले दुरदर्शी समाचार वाचकी सम्झी सम्धीले भने झै गम्की पैसा फल्ने रेडीमेड भेडीगोठतिर गोठालाे हुन गए । उहाँ पनि उत्तिकै भेडाहरु बिरामी परि भेडा डाक्टरकहाँ दिनहुँ धाउन थाले । त्यहा पनि नैतिकताहिन साँढे डाक्टरहरुले प्रेस्किप्सनमा नाना थरि ओखतिमूलो आफ्नै नातोको फर्म शिफारिस गरि हत्तु बनाए । उनी त यो अमरावती कान्तिपुरमा पनि छाडा साँढे टोलटोलमा गल्ली र गल्छेडामा उत्कृष्ट भलिवल बास्केट बल खेलाडी झै हुँदा हुँदै । भाग्यमानी साँढेहरुले कति ठगेका हुन् । त्यहाँबाट थप पीडा भएर जयभेडा भेडी भनेर पाखा लागे । जहाँ गए पनि चुनौती चौतर्फी सहनु पर्ने । समुन्नत समय कहिले निमार्ण गर्ने ? लगातार जता गए पनि शोषण हुने पिरलो लिएर बसे । राती राम्ररी सिरानी नमिलेझै साँढे तह लाउन सकेनन् । यता उता कता जता पुगे पनि साँढेकै हैकम ।

साढेको चर्तिकला देखेर आफ्नै गाउँ आँगनतिर भावविभोर भएर आफ्नै गाउँ फर्किए । दिन धेरै बिते खोलामा धेरै पानी बग्याे । ओहो भान्छा टार्न राखेको, सफा गरेको तरकारी भुसुक्कै साँढेले सब खरानी पारेकाे सम्झेँ । साँढेसित लडेर जुधेर मर्न पनि भएन । गाउँमा गइसकेपछि ओहो के हो के हो उनले मायामोहमा सबै बुढाबुढी केटाकेटीलाई जिन्दावाद  र मुर्दावाद आगो बाले । पुरानाहरु त्यहि आगोमा डढेर सखाप भए । अनि यहि मौका पारेर केबल कुम उचालेका भरमा झ्यालमा बस्नेले पनि र आँखा जुधाउने पनि पत्याएर वडा अध्यक्ष पद भाग्योदय चिठ्ठा परेझै नाटकीय रुपमा हात पारे ।

लौ ! अब मलाई कस्ले डस्छ ? गाउँमा डस्नेहरु पनि उनकै उठबसमा पिउँदा पिउँदा उनैले चार पिस चक्लेट दिँदा मख्ख उनैलाई दिने भए । चारआने होइन तीनै तीसै आना जमिन हुने कलकलाउँदा र नहुने भुस्सेज्यूहरु पनि भर्सेलाको तातोझै लठ्ठिन  थाले । उनलाई त साँढेले सखाप पारेको डसाइ भन्दा यो पो स्वर्गिय आनन्द लाग्न थाल्यो । अनि बिगतमा आफ्नो थातथलो कुँडार लुकछिपी स्वाङ पारेर रैमट्टै मिच्ने पहाडी मस्ताना भयङ्कर सरदारको साँढे ढलेको मजालै देखे । जिजुबाजेको हण्डी घोटेर परिवारको आँट हाैसला हिम्मत बटुलेर बनेको घेडेटो बाटो रोकी दिएको उनै छाडा साँढे छोडेर पाँडेथुम्का थर्किन्जेल उनी चिच्चाइरहे । अब याे कसले गर्दा त ? अनि घृणाले ढलेको रायोको साग बेचेर र मोवाइल चार्जर किन्न नसक्ने छाडा साँढेमाथि मजाले एकपल्ट थुकि दिए ।

अब चारपाच वर्ष अघिदेखि साँढेबाट दुर्घटना हुन्छ कि डस्छ कि भनेर भएन । उसलाई मानु भन्दा त जोगाउन र सम्हाल्न गर्नू उपयुक्त ठाने । उनी आफै छटपाई रहेका उनी केही दिनपछि उनी पारदर्शी साँढे उनलाई पहाडी मस्ताना छाडा साँढेबाट सखाप पार्छ कि भन्ने पिर चिन्ता कुनै भय त्रास केही भएन । पहिला उनी गाउँबाट बिच्केका बिजुली चम्किदा तर्सेर छाडेको गाउँका कुकुर भुक्ता पनि आकाशवाणी यमराजबाट आउदा पनि पंखा हम्किने उनी आज बरु मीठो संगीतको धुन ध्वनि मंगलध्वनि मान्ने भए ।  उनी बाल्यकालदेखिको डस्ने धानचरी साँढेको बयान गरि नथाक्ने भए । चैतको चल्ला हुर्काउन भन्दा चपाउन सजिलो हुन थाल्यो । हिमालपारी भोटेको जाडोे थाम्न राडी पाखीमा भन्दा साँढे जाडो भन्न पो थाले । साँढे बिना उनको चल्ला जस्तो ज्यान थेग्न गाह्रो भयो । चल्ला कोरल्न पनि साँढेनै खोज्न थाले । साँढे साथी नभएका दिन उनी चल्लाले जस्तै हल्ला गरेर दिन बिताउन थाले । भेटेदेखे रुखको ढिलमा बसेर चरासित पनि सल्ला लिन थाले । जस्तै चैतमा महत्वा भएझै भयो । रहेछ भनि उनी बिना नै गाउमै दिनदिन लगभग जीवन बाच्नै नसक्ने भए पानी बिनाको माछाजस्तै ।

त्यसपछि उनी साँढेबाट शोषण बिना दुइ पाङ्ग्रे ज्यान ठ्याम्मै ढलानको ढालजस्तो गरि समाल्न नसकिने रहेछ । बिगतमा देखिनै प्रशंसा पावरदार पद लिन पनि साँढेसितै हिमचिम खान पान बस उठ बिना बाँडेर खान पनि नपाईने देखेपछि । पुरानो पानी मिल्ने आनी बानीमा जुड्ने लाग्ने हरभरा उनमत्त हाँसो दिने कुढारको पीडा बिर्सी । छाडा साँढेकै रोवाफमा र धाक लाउने नै चाहिने रहेछ गाँठे । हाम्रो गाउँ घरमा दिसा पत्ता लाउन र टोलका भुस्याहा कुकुरको खरखिचोला काम लाग्ने । ठूला वाद विवाद भएको बेला त साँढेले त वर्षौदेखिको विवादको रोगको प्रतिरक्षात्मक काम ढाँटेर छल गरेर हङ्गामा मच्चाउदै बचाउको अभियानमा उभिन्छ । कसैको दिमाग पगालेर के लाग्छ । लाशजस्तो गन्हाउने साँढे ढिडे ठिटा नै नभइ नहुने रैछ भनी । कसैले थाहा पाउँछ किन भनि गाउँको भिर पखेरा पहार लहरा जता गए पनि सुकेको पातमा पानी पधेरमा पनि उनकै खोजी गरी हिँडे । खोजीमा आफन्तको बिना साहरामा गाउँ फुर्सत लिएर गफिदै लाफिदै चिया दोकानमा पिएअक्कझै पिउदै हुदै ।

आफै साँढे नभई म मान्छे हुन्न होला भनेर दिउँसै टर्चलाइट बालेर ढाडे बस्ने टावर चढ्दै रुख बुट्यान उक्लिँदै उनी आफै छाडा साँढे खोज्न भौतारिन थाले ।

०००
तुप्चे ४ चनौटे नुवाकोट : हाल काठमाडौ १५ चमती, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पैसा पोसाउने पेसा !

पैसा पोसाउने पेसा !

ठाकुरप्रसाद अधिकारी
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
पानीबढुवा हाकिम र गोल्डेन एज

पानीबढुवा हाकिम र गोल्डेन...

ठाकुरप्रसाद अधिकारी
निम्ताको जाल

निम्ताको जाल

ठाकुरप्रसाद अधिकारी
मोडर्न ड्रेस

मोडर्न ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
विवशता

विवशता

दिप मंग्राती
रकमी हस्ताक्षर

रकमी हस्ताक्षर

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x