ठाकुरप्रसाद अधिकारीदलबहादुरको पेशा
साधारण चोटपटक छ तर दैनिक ड्रेसिङ गरेर भोटर्सलाई मासु भातमा पाल्नु पर्ने । यस्तो पनि हुन्छ र काका ?
ठाकुरप्रसाद अधिकारी :
दलेलाई सबैले दलबहादुर भन्छन्, किन ? बिस बाइस बर्ष पुग्न लागेकी छोरीले सोधी ।
भविष्यमा ऊ दलको नेता हुने भएर होला । –छोरीलाई आमाले सहज उत्तर दिइन् ।
ए ! त्यसो भए सबै दले नेता हुने भए म कहिलेबाट हुन्छु त आमा ? छोरीले पुन अनौठो जिज्ञासा राखी
छोरीको कुरा सुनेर आमा एक छिन मौन भइन् ।
आमा मौन भएको देखेर छोरी झस्किइन् । आमालाई फेरि पनि उही प्रश्न सोधिन्– भन्नुस्न म कहिले नेता हुने ?
तिमीले चिन्ता मान्नु पर्दैन छोरी ! यो मामुली कुरो हो । तिम्रो दलका नेताको निधन पछि … ।
आमाको यस्तो उत्तर आएपछि उनको अनुहार शैलुनमा गएर ड्रेसिङ गरेरझै राप्पियो र अलि बेरपछि मलिन भयो
उनी निकैबेर ढुकुमुकु बसिरहिन् ।
उनको मनमा तरङ्ग चलिरहे । दलको नेता हुने सानो चोटको कुरा हो ? नेता हुन पाए त यैसा हुन्थ्यो । देशको हुनसम्मको दुख कम हुन्थ्यो नि । उनलाई नेतादेखि डर पनि लाग्छ र रातमा निद्रामा पनि मज्जाले लागेन । महँगो दलको नेता हुँदैमा सर्टको दाग धोएजस्तो दाग पनि जाँदैन । सानै बेलादेखि सुनेकी थिएँ मुटु कलेजो किड्नी फेर्ने एक पैसा पनि आफ्नो गोजीको नपर्ने । चन्दा पार्टीले दिन्थ्यो नि । यस्तो हाइसुख ! गाडी बंगला पाइने । परिआउँदा जनताले दिएकै करले भुट्न पनि पाइने ! अहो म कहिले नेता हुने ?…
समयको कालखण्ड चक्र बढ्दै गएपछि उनले पनि नेता हुने अनेक चेष्टा गरिन् ।
नेताको किड्नी दुई पटक फेरेर पनि मृत्यु नभएपछि उनी रिसले आगो भइन् । अनि सानैदेखिको चिनाजानको चिटिक्क परेको दलबहादुरलाई भेट्न पुगिन् ।- हेर्नुस् काका कति दिमाग घुमाएँ तर सत्य भेटिनँ, थोरै महँगो रहेछ जहाँ गए पनि । अति महँगो आवश्यक पार्टी औषति भए पनि मन पर्दैन । साधारण चोटपटक छ तर दैनिक ड्रेसिङ गरेर भोटर्सलाई मासु भातमा पाल्नु पर्ने । यस्तो पनि हुन्छ र काका ?
दलबहादुरको बगलीको पैसा बागतीको पानी जतिकै धेरै बगरमा बगिसेको छ था छ । कहाँँ कहाँँ बग्यो भनेर गन्तव्य भेटिएको आजसम्म थाहा छैन । समाजमा यही हो मानवता मरिसकेको पेशा । समाज खेलाउने यसको चाबी कोसित छ ? दुबैको भलाकुसरी चल्यो ।
दलेदाइकहाँँ अचानक गएकी उनी दुई पाँच दिन त टेलिफोन उठाएर महंगो कार्पेट हेर्दै पल्याकपुलक गर्ने रमिते काम पाएर रमाउन थालिन् । अनि भदौको चर्को घाममा सुकाएको मकैजस्तो रातो पिरो भइन् । उनको हिँडाई कम्मर लर्काइको तस्विर देखेर दलबहादुर पनि उनीसित निकै आकर्षित हुँदै गयो । कसोकसो उसको खुशीको आँखाले दलबादुरलाई तानेछ । दुई–चार दिनमै उनको मुहारमा होइन, उनैैको शरीरमा पो पौडी पो खेल्न थालेछ ।
०००
नुवाकोट तुप्चे ४ चनौटे
हालः चमती काठमाडौ १५
Subscribe
Login
0 Comments
Oldest





































