साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाढीको पाठ

र गाउँको प्रवेशद्वारमा एउटा वाक्य लेखियो- “बाढीलाई रोक्ने होइन, उसको बाटो मिलाउने हो; पानीलाई शत्रु होइन, जीवनको मित्र बनाउने हो ।”

Nepal Telecom ad

लक्ष्मी रिजाल :

पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत डुबाउँथ्यो, घर भत्काउँथ्यो ।
“यो नदी हाम्रो शत्रु हो,” चौतारोमा बसेका बूढा हरिले भने । त्यही बेला विद्यालयकी शिक्षिका माया आइन्- “नदी शत्रु होइन, हामीले बाटो छेकिदिएका हौँ,” उनले भनिन्, “किनार अतिक्रमण गर्‍यौँ, खोल्सा पुर्‍यौँ, वन फँडानी गर्‍यौँ । अब नदीले आफ्नो बाटो खोज्दा दोष नदीलाई ?”

गाउँले चुप लागे । त्यसपछि मायाले एउटा प्रस्ताव राखिन्- नदीकिनारमा वृक्षरोपण गर्ने, पुरिएका खोल्सा खोल्ने, पानी बग्ने प्राकृतिक बाटो नछेक्ने र बाढीको पानी थुन्ने साना पोखरी बनाउने ।

यस वर्ष ठूलो वर्षा भयो । नदी फेरि उर्लियो । तर यसपटक गाउँ डुबेन । बाढीको केही पानी पोखरीमा जम्मा भयो, केही सिँचाइका कुलो हुँदै खेतमा पुग्यो । बाढीपछि खेतमा जमेको मलिलो माटोले धान झन् सप्रियो ।
हरिले नदीतिर हेर्दै मुस्कुराए- “हामीले शत्रु ठानेको यही पानी त हाम्रो खेतको मित्र पो रहेछ !”

मायाले भनिन्, “प्रकृतिलाई जित्न खोज्दा विपत्ति जन्मिन्छ; प्रकृतिसँग मिलेर बाँच्न सिक्दा त्यही विपत्ति वरदान बन्छ ।”

त्यस वर्ष गाउँलेहरूले नदीलाई बाँधेर होइन, बुझेर जोगाए । र गाउँको प्रवेशद्वारमा एउटा वाक्य लेखियो- “बाढीलाई रोक्ने होइन, उसको बाटो मिलाउने हो; पानीलाई शत्रु होइन, जीवनको मित्र बनाउने हो ।”

०००
उदयपुर
२०८३/५/१५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
क्षितिजको ज्वाला

क्षितिजको ज्वाला

लक्ष्मी रिजाल
मानवता

मानवता

लक्ष्मी रिजाल
बिऊ

बिऊ

लक्ष्मी रिजाल
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
बैठक

बैठक

भोलानाथ सुबेदी
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x