साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच टेढामेडा मुक्तक

अब त हिजोका बन्धन र पर्दाहरू च्यातिएर सडकमा आइसके, तिमी पिँजडा बलियो बनाउँदै गर, यहाँ सुगाहरू आकाशतिर बढ्दै छन् ।।

Nepal Telecom ad

लक्ष्मी रिजाल :

मुक्तक – १
चुल्होको चौघेराभित्र मात्रै आगो दन्काउने दिन अब गए,
मखमली चोलीमा आँसु लुकाएर सधैँ मन रुवाउने दिन अब गए ।
अन्तरिक्ष छुने पखेटा पलाएका छन् अचेल यी भँगेरीका,
गुन्यू-चोलीको फेरो समातेर भाग्यलाई धिक्कार्ने दिन अब गए ।।

मुक्तक – २
काँचका चुरालाई कमजोर ठान्ने भुल अब यहाँ नगरियोस्,
लाचार अबला सम्झेर थिचोमिचो गर्ने आँट अब नगरियोस् ।
चुपचाप सहे भन्दैमा कालीको रूपलाई जिस्क्याउने मूर्खता,
यो सृष्टिको सुन्दरतालाई बन्धक राख्ने धृष्टता अब नगरियोस् ।।

मुक्तक – ३
ओठमा लाली र गालामा गाजल लगाउनुलाई मात्र रूप नठानियोस्,
ऐना हेरेरै यो जिन्दगी सकिन्छ भन्ने यसको सङ्कुचित भूप नठानियोस् ।
जरुरत पर्दा संसद् हल्लाउने र संहार गर्नेसम्मको दम छ यसमा,
तिमीले देख्ने शृङ्गारको चमकलाई कमजोर घामको धूप नठानियोस् ।।

मुक्तक – ४
कसैको छहारी र कोमल छाया बन्न मात्र जन्मेकी होइनन्,
पुरुषको विशाल अहङ्कार पछाडिको मौन माया बन्न मात्र जन्मेकी होइनन् ।
आज आफैँ सूर्य बनेर संसारलाई उज्यालो छर्न सक्ने भइन्,
अरूको इशारामा नाच्ने कठपुतली र काँचो काया बन्न मात्र जन्मेकी होइनन् ।।

मुक्तक – ५
रूढीवादी चश्मा लगाएर सुध्रिने अर्ती दिनेहरू गल्दै छन्,
चप्पल पड्काउँदै हिँड्ने सोचेकाहरू त आज जहाज चढ्दै छन् ।
अब त हिजोका बन्धन र पर्दाहरू च्यातिएर सडकमा आइसके,
तिमी पिँजडा बलियो बनाउँदै गर, यहाँ सुगाहरू आकाशतिर बढ्दै छन् ।।

०००
रुपनगर, सप्तरी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
बाढीको पाठ

बाढीको पाठ

लक्ष्मी रिजाल
क्षितिजको ज्वाला

क्षितिजको ज्वाला

लक्ष्मी रिजाल
मानवता

मानवता

लक्ष्मी रिजाल
बिऊ

बिऊ

लक्ष्मी रिजाल
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x