साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मानवता

"समयमै ल्याउनुभयो, अब खतरा टर्यो ।" चोकमा फर्किँदा कसैले ढुङ्गा उठाएन । सबैले चुपचाप आफ्ना हात खाली पारे ।

Nepal Telecom ad

 लक्ष्मी रिजाल :

“ढुङ्गा नफाल !” रुपनगर चोकभरि चिच्याहट फैलियो । अफवाहले दुई टोलबीच आगो सल्काएको थियो । पसलका सटर झरे, झ्यालहरू बन्द भए, र मानिसहरू हातमा ढुङ्गा बोकेर आमनेसामने उभिए ।

त्यही क्षण भीड चिर्दै एउटा सानी बालिका दौडिई । उसको हातबाट औषधिको झोला खस्यो । “हजुरबुबा… बचाइदिनुहोस् !” उसको रुवाइले चोक थर्रियो ।

ढुङ्गा उठाएका अर्जुन एकाएक रोकिए । उनले बालिकालाई काँधमा बोके । अर्को टोलका सलीमले झरेको औषधि टिपे । दुवै सँगै अस्पतालतिर कुदे । भीड स्तब्ध भएर पछिपछि लाग्यो ।

आपत्कालीन कक्षको ढोका बन्द भयो । बाहिर अर्जुन र सलीमको निधारबाट पसिना सँगै झरिरहेको थियो । केहीबेरपछि चिकित्सक मुस्कुराउँदै बाहिर निस्किए, “समयमै ल्याउनुभयो, अब खतरा टर्यो ।”
चोकमा फर्किँदा कसैले ढुङ्गा उठाएन । सबैले चुपचाप आफ्ना हात खाली पारे ।

त्यो दिन जित कसैको धर्म, जात वा टोलको भएन; जित त सङ्कटमा पनि मान्छेलाई मान्छे देख्ने मानवताको भयो ।

०००
२०८३/०४/२१
रुपनगर, सप्तरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिऊ

बिऊ

लक्ष्मी रिजाल
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
उचाइ

उचाइ

लक्ष्मी रिजाल
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
बोकाको बिहे

बोकाको बिहे

माधव पोखरेल गोज्याङ्ग्रे
लघुकथा

लघुकथा

रामकृष्ण ढकाल
ककटेल नेपाल

ककटेल नेपाल

चूडामणि खनाल
पावर

पावर

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x