लक्ष्मी रिजालमानवता
"समयमै ल्याउनुभयो, अब खतरा टर्यो ।" चोकमा फर्किँदा कसैले ढुङ्गा उठाएन । सबैले चुपचाप आफ्ना हात खाली पारे ।
लक्ष्मी रिजाल :
“ढुङ्गा नफाल !” रुपनगर चोकभरि चिच्याहट फैलियो । अफवाहले दुई टोलबीच आगो सल्काएको थियो । पसलका सटर झरे, झ्यालहरू बन्द भए, र मानिसहरू हातमा ढुङ्गा बोकेर आमनेसामने उभिए ।
त्यही क्षण भीड चिर्दै एउटा सानी बालिका दौडिई । उसको हातबाट औषधिको झोला खस्यो । “हजुरबुबा… बचाइदिनुहोस् !” उसको रुवाइले चोक थर्रियो ।
ढुङ्गा उठाएका अर्जुन एकाएक रोकिए । उनले बालिकालाई काँधमा बोके । अर्को टोलका सलीमले झरेको औषधि टिपे । दुवै सँगै अस्पतालतिर कुदे । भीड स्तब्ध भएर पछिपछि लाग्यो ।
आपत्कालीन कक्षको ढोका बन्द भयो । बाहिर अर्जुन र सलीमको निधारबाट पसिना सँगै झरिरहेको थियो । केहीबेरपछि चिकित्सक मुस्कुराउँदै बाहिर निस्किए, “समयमै ल्याउनुभयो, अब खतरा टर्यो ।”
चोकमा फर्किँदा कसैले ढुङ्गा उठाएन । सबैले चुपचाप आफ्ना हात खाली पारे ।
त्यो दिन जित कसैको धर्म, जात वा टोलको भएन; जित त सङ्कटमा पनि मान्छेलाई मान्छे देख्ने मानवताको भयो ।
०००
२०८३/०४/२१
रुपनगर, सप्तरी
Subscribe
Login
0 Comments
Oldest








































