साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रतिबिम्ब

आँगनमा किशोरीहरू भविष्य बुन्दै हाँसिरहे; दरबार मौन थियो, सायद इतिहास बोल्न थालेको थियो, वा फेरि कुनै नयाँ ऐनाले अर्को झूट खोज्दै थियो ।

Nepal Telecom ad

लक्ष्मी रिजाल :

“यो दरबारको सबैभन्दा ठूलो झूट कुन हो ?”
प्रश्न सुन्नासाथ झ्यालछेउमा उभिएका पूर्वराजाको हातमा रहेको चियाको कप हल्का काँप्यो । आँगनमा पुरानो पीपलको छायाँ फैलिएको थियो । सामने उभिएकी युवतीले फेरि सोधी-

“तपाईंले देखेको नेपाल साँचो हो कि हामीले भोगेको ?”
पूर्वराजाले झ्यालबाहिर हेरे । पहाड उस्तै थिए, नदी उस्तै थियो, राष्ट्रिय गीतका धुनहरू स्मृतिमा उस्तै बजिरहेका थिए ।

“देश त सधैँ सुन्दर थियो ।” उनले धीमे स्वरमा भने ।

“सुन्दर ?” युवती मुस्कुराई, “घाम नपुगेका फूलहरू पनि देख्नुभएको थियो ?”
कोठामा मौनता बाक्लियो ।

“मेरी आमाले गाउँको बैठकमा बोल्न पाइनन् । दिदी विद्यालय छोड्न बाध्य भइन् । अधिकार माग्ने छिमेकी काकीलाई ‘मर्यादा’ सिकाइयो । त्यो पनि त्यही सुन्दर बगैँचाभित्रै ।”
यस्तो सुनेर पूर्वराजाको नजर टेबलमाथिको ऐनातिर सर्‍यो ।

बाहिरबाट किशोरीहरूको हाँसो सुनियो ।
“हामी इन्जिनियर बन्छौँ ।”
“म त गाउँपालिका अध्यक्ष !”
“म न्यायाधीश !”
हावाले झ्यालको पर्दा उचाल्यो । ऐनामा दरबारभन्दा बढी ती आवाजहरू चम्किरहेका थिए ।

पूर्वराजाले ऐना उठाए, केही बेर आफ्नै अनुहार हेरे, अनि बिस्तारै भुइँमा राखिदिए ।
युवती ढोकातिर लागी ।

“अब नेपाल कस्तो देख्नुहुन्छ ?” उसले फर्केर सोधी ।
पूर्वराजाले उत्तर दिएनन् ।

आँगनमा किशोरीहरू भविष्य बुन्दै हाँसिरहे; दरबार मौन थियो, सायद इतिहास बोल्न थालेको थियो, वा फेरि कुनै नयाँ ऐनाले अर्को झूट खोज्दै थियो ।

०००
२०८३/२/२४
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिऊ

बिऊ

लक्ष्मी रिजाल
उचाइ

उचाइ

लक्ष्मी रिजाल
भाषण र भान्सा

भाषण र भान्सा

लक्ष्मी रिजाल
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
आदि, इत्यादि र लगायत

आदि, इत्यादि र लगायत

शिवप्रसाद जैशी
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
गालीको बाली

गालीको बाली

हरि खनाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x