साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उमेर र मन

शरिर नापेर सिएको लुगाजस्तो आजकाल उमेर नापेर रहर सिउँदैछु उब्रिएका रहरका टुक्राहरू त्यतैकतै थन्क्याएर आफूसँग मिल्ने मन सिउँदैछु उमेर सुहाउँदो आफू बनाउँदैछु ।

Nepal Telecom ad

नम्रता गुरागाईं :

न अग्ला जुत्तामा रमाउन सकिने
न त साँगुरा लुगामा
आफूबाट भागेको समयलाई समाउन सकिने
न तारेको र भुटेको खान सकिने
न त अबेरसम्म बाहिर जान सकिने
सबैकुरा विचार गर्दा
लाग्छ मैले अचेल
आफनै इच्छालाई काँटछाँट गरेर
शरिर नापेर सिएको लुगाजस्तो
उमेर नापेर रहर सिउँदैछु
आफूसँग मिल्ने मन सिउँदैछु र
उमेर सुहाउँदो आँफू बनाउँदैछु ।

मन न हो,
मनले कहाँ सक्दिन भन्दोरहेछ र!
पेटले पचाउन गाह्रो मान्दा समेत
आँखा काँचो कचिलोसँग पिरती लाउँन खोज्छ
सेल र पुरी हातभरी समाउँन खोज्छ
सँझनामा
आँखा अगाडि आएको बालापनसँग
उसैगरी लडिबुडी गर्न खोज्छ
जसरी पहिला गरेथ्यो ।
तर
आफूले त
वर्षैपिच्छे बढेका अङ्कको भारी
बोकेर निरन्तर उक्लिरहने
उमेरलाई सहज बनाउँन
आफनै रहरमाथि कैँची चलाउनु छ
त्यसैले म
शरिर नापेर सिएको लुगाजस्तो
आजकाल उमेर नापेर रहर सिउँदैछु
उब्रिएका रहरका टुक्राहरू
त्यतैकतै थन्क्याएर
आफूसँग मिल्ने मन सिउँदैछु
उमेर सुहाउँदो आफू बनाउँदैछु ।

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तन

परिवर्तन

नम्रता गुरागाइँ
हिजो-आज

हिजो-आज

नम्रता गुरागाइँ
को को तानिन्छ यहाँ ?

को को तानिन्छ यहाँ...

नम्रता गुरागाइँ
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x