साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हरियो चुराका गहिरो खोजाइ

हो राजकुमारहरुको बजारमा धेरै आकारप्रकारहरु पाइन्छन् उध्रिएका, च्यातिएकाहरुको भीडमा स्वस्थ त्यसैत्यसै हराएको हुनसक्छ म सग्लोसग्लो र अग्लो खोजिरहेछु ।

Nepal Telecom ad

नम्रता गुरागाइँ:

हेलो !
मेरो सपनाको राजकुमार
किन मलाई सपनामा मात्र जिस्क्याउँछौ
म हरियो चुरामा सजिएकी छु
तिमी चाहन्छौ भने म
हरियै पहिरनमा बसिदिउँला
तिम्रो खुसीको लागि
हरियै क्रिमपाउडर धसिदिउँला ।

उराठ लाग्दो महिना समाल्दासमाल्दा
बल्लबल्ल साउन आएको छ
हातका चुरामा साउन बोकेर
मेरो धराने मन
कहिले भानुचोक त कहिले छाताचोक पुग्छ
कहिले बाँझगरा त कहिले भेडेटार पुग्छ
मिल्ने जोडी भेट्न साँच्चै गाह्रो रहेछ
मनको रहर फुकाउन साँच्चै साह्रो रहेछ
कोही छैनौं त मेरो आवाज सुन्ने ?
ठीकै छ
खुट्टा थाकेर के भयो र
तिमीलाई भेट्न
मन अझ उत्साही छ ।

हो राजकुमारहरुको बजारमा
धेरै आकारप्रकारहरु पाइन्छन्
उध्रिएका, च्यातिएकाहरुको भीडमा
स्वस्थ त्यसैत्यसै हराएको हुनसक्छ
म सग्लोसग्लो र अग्लो खोजिरहेछु
मलाई
स्वस्थ्य, निर्भिक र जेहेन्दार चाहिन्छ
मेरो जिन्दगी समर्पित गर्ने
एउटा मिठो संसार चाहिन्छ ।
कसैले सुन्यो कि ?

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
परिवर्तन

परिवर्तन

नम्रता गुरागाइँ
हिजो-आज

हिजो-आज

नम्रता गुरागाइँ
को को तानिन्छ यहाँ ?

को को तानिन्छ यहाँ...

नम्रता गुरागाइँ
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x