साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हिजो-आज

साँझ नपर्दै आफू द्रोणाचार्य बनेर परेड खेलिरहेछन् एकलव्यका छातीमाथि आखिर समाधिबाट हेर्नेहरू आज पनि शब्द-शब्दमा अपमानित छन् ।

Nepal Telecom ad

नम्रता गुरागाइँ :

अनावरण गरेर एउटा युगको
घुम्टो उघारियो चेतनाको
बाटोभरि जुलुस हिडिरहेको बेला
पखेटा हालेर मनले
एकमुठी किरण ओह्राल्न खोज्यो वस्तीहरूमा
बत्ती बलेर दियाहरूले
सपना बाँडे निरीह आँखाहरूमा

त्याे समय
धान फलेन खेतमा
कोदो फलेन बारीमा
मात्र जुलुस फल्यो
माटाका डल्लाहरूमा
त्यहीबेला
पानीका मुहान फुटे खडेरीका विरूद्धमा
तरंगित आवाज पानीको
घरको छानामा ठोकिए र
प्रतिध्वनित भए वादलका बुट्टाहरूमा

आज
धेरैधेरै घोषणापत्रहरू
साँझ नपर्दै आफू द्रोणाचार्य बनेर
परेड खेलिरहेछन्
एकलव्यका छातीमाथि
आखिर
समाधिबाट हेर्नेहरू
आज पनि
शब्द-शब्दमा अपमानित छन् ।

०००
परिवेश र म (२०५५)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
परिवर्तन

परिवर्तन

नम्रता गुरागाइँ
को को तानिन्छ यहाँ ?

को को तानिन्छ यहाँ...

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x