फित्काैली डटकममालपानी देखेपछि आउँछ राल पनि
मालपानी देखे पछि आउछ राल पनि एक बोतलले छुदैछुन्न अलि हाल नानी मनको दैलो उघारी उधारोमा देऊ मलाई गुट्का चुरोट सुपारी....

रणबहादुर बुढाथोकी :
पहिलेका ऋषिमुनी तापी बस्थे धुनी
अहिलेका ऋषिमुनि घ्याम्पो सिसी मुनी
बस्छु म त गीत सुनी
नानी माया बैगुनी नभई त नहुनी
बस्छु म त गीत सुनी । हरि हरि
मालपानी देखे पछि आउछ राल पनि
एक बोतलले छुदैछुन्न अलि हाल नानी
मनको दैलो उघारी
उधारोमा देऊ मलाई गुट्का चुरोट सुपारी
मनको दैलो उघारी । हरि हरि
दुध बेचेर रौसी खान्छु टोपलिन्छु नेता
बहुरूपी बन्नु पर्ने छ मलाई बाध्यता
भन्छु मलाई भोट हाल
भैँसी पाल गाई पाल विष्णु शिव गोपाल
भन्छु मलाई भोट हाल । हरि हरि
एउटा जागिर लगाई दिम्ला मनमा कुरा गुन्नू
स्थानीय चुनावमा हाम्रो मान्छे चुन्नू
फाल्तु कुरा नसुन्नू
नगदनारायण गन्नू मेरो हजुर भन्नू
फाल्तु कुरा नसुन्नू । हरिहरि
०००
बूढानीलकण्ठ नगरपालिका -८
हात्तीगौडा काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest












































