अमर अधिकारीतीन खित्कौली
घरवाला सम्धीः रातभरी भुकेर टोलबासीलाई सुत्न नदिएर हैरान पारेपछि बेलुकी नौबजे मुखै बाँधिदिने गरेको छु र बिहानै फुकालिदिने गरेको छु सम्धीज्यू।

अमर अधिकारी ‘कीर्तिमानी’
(पाहुना आएको दिन बेलुकी सुत्नुअघि)
पाहुना सम्धीः आँ… गर्न नमिल्ने गरी कुकुरको थुतुनोका दुबै फग्लेटा किन तारले बाँधिदिनु भाको सम्धीज्यू?
घरवाला सम्धीः रातभरी भुकेर टोलबासीलाई सुत्न नदिएर हैरान पारेपछि बेलुकी नौबजे मुखै बाँधिदिने गरेको छु र बिहानै फुकालिदिने गरेको छु सम्धीज्यू।
१
(दुई छिमेकीबीच संवाद)
पहिलो छिमेकीः यसपाली हाम्रो वडामा बजेट किन परेन?
दोस्रो छिमेकीः बजेट के बर्खाको पानी हो पर्नलाई, आकाशबाट पर्ने जसरी? सिंहदरबार निकट हुनुपर्छ, बजेट गडगडाउँदै पर्छ।
२
(कोसेली पसलमा ग्राहकजी र साहुजी)
साहुजीः गिफ्ट लिएपछि पैसा दिनुपर्दैन?
ग्राहकजीः नाम चाहिँ गिफ्ट पसल रे अनि पैसा दिनुपर्छ र?
३
०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।
Subscribe
Login
0 Comments
Oldest