साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

समय रहँदै जागरुक बन्नुहोस्, भद्र, शिष्ट र सभ्य बन्नुहोस्। मैले जस्तै मास्टर्स (एम. ए)को सर्टिफिकेट बटुको बोकी हिँड़्ने दिन हजूर दिन नआवोस्।

Nepal Telecom ad

नगिता राई लेप्चा :

स्कूले जीवनमा गाउँ-घर, स्कूलमा सबैभन्दा फुर्की मैं नै थिएँ। यो फुर्की हुने धेरै कारणहरूमध्ये एउटा मुख्य कारण चाहिँ म पुलिस अफिसरकी छोरी। त्यसबेला पुलिस भनेपछि त्यै माथि पुलिस अफिसर भनेपछि गाउँ-घर सबैतिर सबै थुरथुर। पुलिस अफिसर बुवाकै धाक पिटेर गाउँ-घरमा मात्रै होइन स्कूलमा फुर्की देखाउँथेँ। पढ़्नुमा म खासै राम्रो हुँदै होइन। झुण्डेरै भए पनि वा चिट सारेरै भए पनि मास्टर्स कम्पलिट गरेँ। मास्टर्सको प्रमाण पत्र भए पनि त्यो प्रमाण आजको दिनसम्म काम लागेन, लागेको छैन।

“पढ़ी लेखी के काम, हलो जोति माम्” भन्ने समयको उपज म। तरै पनि बुवा कड़ा मिजास भएकाले उनको डरैले पनि म दुःख सुख पढ़ेँ। बुवा-आमालाई मलाई अफिसर नै बनाउन चाहन्थिन् तर मैले उनीहरूको इच्छा पूर्ण गर्न भने सकिनँ।

सँगै पढ़ेका साथीहरू बड़े बड़े ओहोदामा पुगिसक्दा म भने बिजुलीको खाँबोजस्तो एकै ठाउँमा उभिएकी उभियै भएँ। पछि बुझ्दै जाँदा मलाई मेरो भविष्यको सुर्ता लाग्थ्यो। तर काम गर्न भने मनै नलाग्ने। बुवाको करले एउटा स्कूलमा शिक्षिकाको रुपमा आफ्नो कर्म जीवन शुरु गरेँ। म परेँ कुरौटी। यताको कुरा उता, उताको कुरा यता गर्ने एडिक्ट नै भएकोले मलाई अर्काको कुरा नगरी सन्तोकै लाग्दैन थियो। एकदिन अर्काको कुरा गर्न नपाएँ, के बिर्सेँ, के गरिनँ भनी घिटकिसो भइबस्यो । मेरो यो कुरौटे बानी देखेर मलाई धेरैले मनपराउन छोड़िसकेका थिए। यसकारण म सबैसँग राम्रो हुने भरसके कोशिष गरिरहन्थेँ। सबैसँग राम्रो हुने चक्करमा स्कूलका मिस भनुँ वा मेरा सहकर्मीहरूले मलाई ईङ्गलिस धुलाइ पनि गरेकै हुन्। मलाई हुनसम्मको लाज पऱ्यो र स्कूल कमिटिले पनि अब उसो स्कूलमा नआउऩे आदेश दियो। सोझै भनुँ भने, स्कूलबाट निष्कासित भए पछि आजसम्म कुनै काम नै गर्न सकेकी छैन, न काम खोज्ने प्रयास नै गरेकी छु। खासमा दोष मेरै हो। मेरो यो कुरौटे बानीले म कही कतै पनि टिक्न सक्दिनँ भनेर जान्दा जान्दै मेरो यो कुरोटै आदत अहिले पनि गएको छैन…बरु इस्कुसको झाङ झ्याङिएजस्तो झाङिएको छ।

खासै कुरा भनुँ भने, मलाई अर्काको चियोचर्चो गर्नु अनि अर्काको घर झगड़ा लाउनु खुबै मनपर्छ। यो हेरिडिटी पनि होइन। एउटा कुरा अर्कोलाई अऩि अर्कोको कुरा एउटालाई सुनाएर आफू प्यारो बन्नु खुबै मनपर्छ। हो, मलाई राम्ररी थाहा छ,. यो एका अर्काको कुरा गरेको थाहा पाए उनीहरूले मलाई केही बाँकी राख्ने छैनन्। तरै पनि नाटककार बालकृष्ण समले “बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ” भने झै मेरो बानी खरानी भइसकेकोले यो अर्काको कुरा गर्ने पुरानो आदत भइसकेको छ। अर्काको कुरा गरेर झगड़ा लाउनुमा म वेल ट्रेण्ड भइसकेकी छु।

मेरो यही खरानी बानीले गर्दा आजसम्म मैले न त आफ्नो हातखुट्टा बाँध्न सकेकी छु न त कुनै ब्वाइ फ्रेण्ड नै जुराउन सकेकी छु। मेरो मास्टर्स डिग्री भए पनि त्यो डिग्रीलाई न काममा नै लाउन सकेकी छु। तरै पनि मलाई खान लाउन भने कुनै दुःख भने छैन। अरुलाई आफ्नो इमोसनल कहानी सुनाएर भए पनि छाक टार्न र एक सरो लाउन सक्षम भने भएकी छु।

मलाई राम्ररी थाहा छ, यस्तो न ठिक हो न राम्रो नै। तर के गर्नु, पापी पेटको प्रश्न छ। भोक लागेपछि पेट त भर्नैपर्छ। मास्टर्सको प्रमाण पत्र कुनै काम नलागे पनि मेरो जासूस दिमाग लगाएर अरुलाई इमोसनल कहानी सुनाएर यताको करा यता अनि उताको कुरा यता गरेर भए पनि राशन पानी वा केही आर्थिक सहयोगको कारणले खाने मेलो गरिरहेछु। यसमा म केही मात्रामा सफल पनि भएकी छु।

खै के भनुँ? कोरोनाकालमा त हरिबिजोग नि। लकडाउनको कारणले कसैको घरमा गएर आफ्नो इमोसनल राम कहानी सुनाउँ भने सोसियस डिस्टेन्सको छेकावार। त्यतिबेला कस्तो मासु खानु मन लागेको। घरमा केही नहुँदा वा आफूसित पैसा नहुँदा नै किसिम खानेकुरा खानु मन लाग्दोरहेछ। त्यति नै बेला एकजना पुरानो चिनाजाना बहिनीलाई फोन गरी लाजै पचाएर भनिदिएँ नि, ‘बहिनी! सारै मासु खानु मन लाग्यो हौ’ भन्नु मात्र होइन सामान्य रोएकी जस्तो एक्टिङ पनि गरिदिएँ नि। बहिनीले मलाई सारै माया गर्छिन्। बेलुकी मासु मात्र होइन साग-सब्जी बाहेक पनि थुप्रै कुराहरू पठाइदिछन्। घर घरि यस्तो नाटक गर्ने बानीले पनि मलाई जोगाइराखेको छ आजसम्म।

मैले खासमा दुःख त नपाउने नै हो नि। मेरा दाजु-दिदीहरू सबै हुने खाने छन्। उनीहरूलाई नपुग्दो केही छैन तेर मेरै थोत्रे बेउराले गर्दा मलाई उनीहरूल कसैले उनीहरूको घरको सङ्घार टेक्न सम्म दिँदैनन्।

खै ! अब मैले कहिलेसम्म क-कसलाई इमोसनल ड्रामा गर्दै भिख मागेर खानुपर्ने हो। काम गरुँ भने केही गर्न नसक्ने अवस्थामा आइपुगेकी छ। बिजोग छ अहिले मेरो अवस्था। अहिले त यो जीवन यस्तो थोत्रे भइसकेको छ न कुनै आफन्तकहाँ जान सक्ने अवस्था छ, न त मैले त्यस्तो बाटो नै राखेकी छु। यो मेरो भाग्यको दोष होइन भन्छु हो। दोष हो भने मेरो खरानी बानीको हो। मेरो आफ्नै खरानी बानीले गर्दा साथी भाइ छर छिमेकको कुरा छोड़िदिउँ, आफ्नै दाजु भाइकहाँ जाने बाटो पनि बन्द भइसके अब मेरो इमोसनल ड्रामाको पर्दा झरिसकेको छ।

मेरा प्रिय पाठकवर्ग! तपाई पनि म जस्तै उच्च डिग्रीधारी हुनुहुन्छ भने, कृपया मैले जस्तो समय बर्बाद नगर्नुहोला। आफ्नो छन्दखन्दको जीवन अर्काकै चियोचर्चामा समय खेरो नफाल्नुहोला। सबैको भलो चिताउनुहोस्। सबैलाई आफन्त ठान्नुहोस्। यताको कुरा उता, उताको कुरा गरेर गाउँ-घरमा कसैसित शत्रुता बढ़ाउने मूर्ख प्रयास नगर्नुहोस्। अर्काको चियोचर्चो गरेर के नाफा भन्नु त! समयमै घरजम गरेर असल अऩि सफल गृहिणी बन्नुहोस्। नत्र मैले जस्तै पछि गएर पूर्पूरोमा हात राखेर बस्नुपर्छ। समय रहँदै जागरुक बन्नुहोस्, भद्र, शिष्ट र सभ्य बन्नुहोस्। मैले जस्तै मास्टर्स (एम. ए)को सर्टिफिकेट बटुको बोकी हिँड़्ने दिन हजूर दिन नआवोस्।

मेरो आफ्नै खरानी बानी देख्दा मलाई फेरि एकचोटि नाटककार बालकृष्ण समको यो मिठ्ठो भनाइ बारम्बार दोहोऱ्यान मन लाग्छ – “बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ”।

०००
जलपाईगुड़ी (भारत)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ishwor Pokharel
Ishwor Pokharel
1 month ago

‘ईङ्गलिस धुलाइ’को हुलिया कस्तो हुन्छ होला ?

Nepal Telecom ad
अनुहार

अनुहार

नगिता लेप्चा राई
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
पैँतीस वर्ष

पैँतीस वर्ष

हरि खनाल
पानीबढुवा हाकिम र गोल्डेन एज

पानीबढुवा हाकिम र गोल्डेन...

ठाकुरप्रसाद अधिकारी
क्षितिजको ज्वाला

क्षितिजको ज्वाला

लक्ष्मी रिजाल
कल्पबासको झकास

कल्पबासको झकास

नरेन्द्रराज पौडेल
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
जँड्याहा पत्रिका

जँड्याहा पत्रिका

रामकुमार पाँडे
1
0
Would love your thoughts, please comment.x
()
x