साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाउँछन् पाका खेतमा झरेर

रुझ्दै छन् सानी पर्वाह हुन्न सिम्सिमे पानीको सानी छन् मेला बालख एक्लो घरमा छोडेको दुःखको मानो उब्जिन्छ हेर किसान भएर असारे भाका गाउँछन् पाका खेतमा झरेर ।

Nepal Telecom ad

मोक्ष खतिवडा :

मेघले ढाक्यो आकास जम्मै बर्सियो दरर
खहरे खोल्सा उर्लियो अब लागेछ असार
सम्याए हिलो बाउसे पसी सकेछन् जोतेर
असारे भाका गाउँछन् पाका खेतमा झरेर ( १

झिम्क्याई आँखा सानीले उता लौ रोप्नै छोडेर
बाउसे हाँस्दै छ्याप्दै छ हिलो मौका हो भनेर
बुहारी आइन् के खाजा ल्याइन् डोकामा बोकेर
असारे भाका गाउँछन् पाका खेतमा झरेर ( २

त्यो सिम्ले खेत रोपेर आफैँ भकारी भर्नुछ
सपना यस्तै बुनेर जेठो खुसीले हौसिन्छ
ठेला छन् हेर्ने फुर्सद छैन मास हो असार
असारे भाका गाउँछन पाका खेतमा झरेर ( ३

प्रविधि बढ्यो न अर्मपर्म न हलो चाहिन्छ
नाचेको आफू दौंतरीसँग सम्झना ताजै छ
खाएको मिठो चाम्रेको खाजा गुन्द्रुक अचार
असारे भाका गाउँछन् पाका खेतमा झरेर ( ४

रुझ्दै छन् सानी पर्वाह हुन्न सिम्सिमे पानीको
सानी छन् मेला बालख एक्लो घरमा छोडेको
दुःखको मानो उब्जिन्छ हेर किसान भएर
असारे भाका गाउँछन् पाका खेतमा झरेर ( ५

०००
शान्तिनगर ( झापा )

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सफल वृद्ध बनौँ

सफल वृद्ध बनौँ

माेक्ष खतिवडा
बुबामुमा सुखी रहुन्

बुबामुमा सुखी रहुन्

कल्पना अधिकारी
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
हो म पागल भएकै हो बृद्धाहरुको लागि

हो म पागल भएकै...

भावना न्याैपाने
बुबाआमाका अनुभव सिकौँ

बुबाआमाका अनुभव सिकौँ

चेवनचन्द्र बस्नेत
0
Would love your thoughts, please comment.x
()
x