साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सफल वृद्ध बनौँ

लत खराब भए सब फालियोस् गरिबनिम्ति भलाइ चिताइयोस् तब बनिन्छ मियो दरिलो सधैँ सफल वृद्ध बनौँ र रमौँ बसौँ ।

Nepal Telecom ad

मोक्ष खतिवडा :

विभव ह्रास हुँदै छ यहाँ अझै
मधुरता किन घट्छ अझै सधैँ
नियत शुभ्र बनोस् शुभ भाव होस्
सफल वृद्ध बनौँ नित गेहको (१)

जतन होस् धन आर्जन आखिर
सुमन बन्छ सबैतिरको घर
मृदुल भाव सँगाल्न सिकौँ सधैँ
सफल वृद्ध बनौँ अनि ओत झैँ (२)

वचन काँड बने मन दुख्छ यो
विनयले शुभ भावन झल्कियो
कपट पाल्नु खराब बुझी सधैँ
सफल वृद्ध बनौँ घर भित्रकै (३)

सबल होस् मन धीर बनोस् सदा
हृदय स्वच्छ बने त खुसी सदा
सुख हुनेछ खुबै भविता सधैँ
सफल वृद्ध बनौँ खुद शीघ्र नै (४)

लत खराब भए सब फालियोस्
गरिबनिम्ति भलाइ चिताइयोस्
तब बनिन्छ मियो दरिलो सधैँ
सफल वृद्ध बनौँ र रमौँ बसौँ । (५)

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x