साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झर्ला र खाउँला !

त्यसैले दशैँ पछाडि आन्दाेलनकाे आँधीबेहरी ल्याउनु छ । सामानकाे भाउ घटाउनु छ र हाम्राे भाउ बढाउनु छ !

Nepal Telecom ad

प्रा.डा. विदुर चालिसे :

एकादेशमा एकजना धूर्त राजाका राजकुमार थिए। आफ्नाे बाउकाे विगतकाे राजकीय शैलीमा उनी रमाएका थिए। अकस्मात एकदिन राजकुमारकाे टाउकाेमा प्रजाकाे विद्राेहकाे वज्रपात भयाे । उनकाे पदवी खाेसियाे । त्यसपछि पीडा र छटपटीले प्रजाहरूसँग भने । –“बुझ्याै प्रजा हाे ! आउँदाे दशैँसम्ममा राजा बन्ने पालाे मेरै हाे !”

राजपरिवारले घाेषणा गरिदिएका प्रजाहरू जनता बनिसकेका थिए । शैलीचाहिँ साताैँ शताब्दीका अरव जगतका राजा शहरियारका झैँ थिए । अरब जगतमा साताैँ शताब्दीका ती राजाकाे समयमा पनि यस्तै स्वर्णयुगले कहलिएकाे समय थियाे । तथापि राजकुमारले दिक्दार भएर जनताकाे नाममा फेसवुकमा निराशाले गुन्जित एउटा उखान लेखे ।
-“जता जाउँ बारी, कर्कलाकाे घारी !”

महङ्गी, बेराेजगारी, अभाव, आतस, करूणा र भ्रान्तिमा जलिरहेका जनताले एकजना पितृकाे फेसबुक दर्शन गरेर स्टाटस लेखे ।
-“यसपालीकाे दशैँमा सुन हैन, नुनकाे भाउ घटाउ !”

त्यसकाे केही समयपछि फेसवुक पल्टाउँदै जनताहरू दशैँमा लत्ता, कपडा, नुन, तेल, खाद्यान्न र मसलाकाे घटेकाे भाउ कुरिरहेका थिए । राजकुमारले पुनः प्रजाकाे नाममा आफ्नाे दमदार बढेकाे भाउकाे आव्हान गरेर लेखे ।

-“हाम्राे अपराजेय शक्तिलाई कसैले परास्त गर्न सक्दैनन् । त्यसैले दशैँ पछाडि आन्दाेलनकाे आँधीबेहरी ल्याउनु छ । सामानकाे भाउ घटाउनु छ र हाम्राे भाउ बढाउनु छ !”

सशस्त्र सरकार, निर्वस्त्र जनता र प्रशस्त फेसबुकका पादरी, दाेहाेराे बहसमा थिए । उनीहरूकाे स्वर्णयुगकाे चलनचल्नीकाे नामाेनिसान थिएन । राजकुमार भने फेसवुकमा धारणा पाेष्टङ्ग गरिरहेका थिए । फेरि उनले एकछिन पछि निकै झाेकिलाे पारामा जबरजस्त लेखे ।

-“आँधी मात्रै हैन विद्राेहकाे सुनामी नै आउँछ । त्यतिबेला प्रजाहरू तिमीहरूले खुन बगाउन नि तयार हुनुपर्छ । अब नुनकाे बदला खुन सस्त्याउँछाैँ !”

भय, भ्रम, भ्रान्ति र बाँच्न नकिने भाे भन्ने चिन्ताले ग्रस्त प्रजामध्ये एकजनाले धृतराष्ट्र झैँ गतिहिन, शक्तिहिन र एकाएक अन्धायुगका निर्माता बनेका महाराजालाई साेधे ।
-“प्रभु महाराज, देशमा शान्ति कहिले आउँछ ?”

-“हावा, हुरी, बतास, सुनामी र विध्वंश सबै एकै पटक आउँछ अनि शान्तिकाे अमन चैन हुन्छ ।”
दुख, पीडा र करूणामा बाँचेकाे प्रजालाई खपिनसक्नु भयाे। उनले रिस, आवेग र आक्राेस मिश्रित भावमा एकै स्वरमा चिच्याए ।

-“झर्ला र खाउँला भनेर बाँचेका पदुवाहरू ! हामीलाई जति बेच्याैँ ! बेच्याैँ !! अब भ्रम छरेर फेसबुकमा दम्भकाे स्टाटस लेख्न पहिला छाेड !”

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
माननीय सांसद

माननीय सांसद

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
स्वर्ग पुगेपछि 

स्वर्ग पुगेपछि 

कृष्ण शर्मा सुमु
प्रतिवाद

प्रतिवाद

फित्काैली डटकम
अभाव

अभाव

शेषराज भट्टराई
ओल्ड इज गोल्ड

ओल्ड इज गोल्ड

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x