साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्थ न बर्थ

-"ल सुन्नुस् अङ्ग्रेजी !" गुरूजी एकतमासले सुन्दै गए । श्रीमती भन्दै गइन । -"आइ माने म, माई माने मेराे !"

Nepal Telecom ad

प्रा. डा. विदुर चालिसे :

एउटा पण्डित संस्कृत पाठशालाकाे ज्ञानकाे तेजबाट तरङ्गित थियाे । विश्वमा संस्कृत शिक्षा प्रविधिकाे युगमा सर्वसाधारणमा लाेप हुँदै गएकाे थियाे । संस्कृतका मै हुँ भन्ने पण्डित बाहेक संस्कृत भाषाकाे ज्ञान, सीप, मर्यादा, मान, प्रतिष्ठा, विवेक, बुध्दि र व्यवहार हराउँदै थियाे । एकजना महान संस्कृतका पण्डितलाई संस्कृत भाषाकाे व्यवहारिक अभ्यासले काम नचल्ने भएपछि पश्चिमा ज्ञानकाे पूर्ति गर्न अङ्ग्रेजी सिक्न सुरू गरे । भाषाकाे आफ्नाे ज्ञानकाे सीमामा रहेर उनले व्यवसायका लागि अङ्ग्रेजी कहाँबाट सुरू भन्ने लागेर उनले समुदायका बीचमा एक प्रश्न उठाए साेधे ।
-“अङ्ग्रेजी ज्ञानकाे सन्जाल प्रविधि भाषा कसरी सिक्ने ?”

वरिपरि एकसे एक महिला थिए । उनीहरूले संस्कृृतका प्रकाण्ड विद्वानले पनि अङ्ग्रेजी सिक्न चाहेकाे कुरा बुझेपछि सबैले जवाफ दिए ।
-“फेसबुक चलाउनु हुन्छ नि, हैन गुरु !”
-“चलाउन त चलाउँछु, तर के भनेकाे कुराे बुझ्दिन !”

-“त्यसाे भए, फेसबुकमा अङ्रग्रेजी सिक्ने एउटा राम्राे अवसर छ, अङ्ग्रेजी भाषा पनि सजिलै सिक्न सकिने, व्यवसायकाे रूपमा आम्दानी पनि हुने मनिटाइज गर्न सिक्नाेस !”
-“काेसँग सिक्नु र अनि ?”
-“तपाईकाे वाइफाई छैन ?”

गुरूले वाइफाईकाे सट्टा वाइफ सुन्न पुगे थे । उनले जम्मा भएका महिलाहरूले झटपट भनिदिए ।
-“हाे,उतै सिक्नुस्। अङ्ग्रेजी पनि सिकिन्छ, व्यवसाय पनि चल्छ !”
संस्कृतका गुरूलाई अङ्ग्रेजी सिक्ने लालसाले झकझक गरिरह्याे ।

घर पुग्नासाथ श्रीमतीलाई प्रविधि र अङ्ग्रेजी भाषा कसरी सिक्ने भन्ने बारेमा विनम्र भएर साेधे।
-“मलाई अङ्ग्रेजी र प्रविधि सिकाइदेउ न !”
सधै पाठ पढाउँदै अनेक ज्ञानगुन र व्यवहार सिकाउने ज्ञानका संस्कृतका गुरूले आज आफूबाट अङ्ग्रेजी भाषा र प्रविधि जस्ताे जटिल विषय सिक्न अनुराेध गरेकाे सुनेर श्रीमतीलाई व्यङ्ग्य गरे जस्ताे लाग्याे । उनले मुखताेड जवाफ फर्काइन ।
-“यत्राे ठुलाे पण्डित भएर पनि अङ्रग्रेजी भाषा र प्रविधि जान्दिन भन्न लाज लाग्दैन ?”

एकाएक अल्मलिएका गुरु अर्थ न बर्थले वाल्ल परे । उनले बिस्तारै श्रीमतीहरूका वरिपरिका साथीहरूकाे समुदायले दिएकाे सुझाब बिन्ति गरेपछि श्रीमतीले जवाफ दिइन् ।
-“ल सुन्नुस् अङ्ग्रेजी !”
गुरूजी एकतमासले सुन्दै गए । श्रीमती भन्दै गइन ।
-“आइ माने म, माई माने मेराे !”

श्रीमतीले फेरि गुरूलाई साेधिन ।
-“आईमाई, आईमाई भनेर सधै घाेकिरहनु हुन्थ्याे त, अङ्ग्रेजी किन आएन ?”

गुरूलाई पनि रिस उठ्याे । उनले अनुहार राताे पार्दै झाेक्किँदै भने ।
-“एउटै पलङ्गमा अर्कैकाे मुहार हेरेर फेसबुक चलाउने अर्थ न बर्थका आइमाई !”

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
मलमूत्रको कुरो

मलमूत्रको कुरो

दिलीप अर्याल
बजेट

बजेट

रामकुमार पण्डित क्षेत्री
ताली

ताली

चम्पा दिवस राई
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x