साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’

मार्च २०२६ मा घोषित अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा पेश गरिएका रचनाहरूमध्येबाट रन्जनाकाे कविता छानिएको हो।

Nepal Telecom ad

काठमाडौँ । नेपाली कवि तथा लेखक रञ्जना निरौलालाई उनको कविता “सिटी लाइट्स” (CITY LIGHTS) का लागि इटालीको प्रतिष्ठित ‘इल मेलेतो दि गुइडो गोजानो’ साहित्य पुरस्कार अन्तर्गत ‘ग्र्यान्ड जुरी प्राइस’ (Grand Jury Prize) प्रदान गरिएको छ।

मार्च २०२६ मा घोषित अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा पेश गरिएका रचनाहरूमध्येबाट यो कविता छानिएको हो। विभिन्न देशका लेखक, कवि, अनुवादक, सम्पादक र कलाकारहरू सम्मिलित अन्तर्राष्ट्रिय जुरीले मूल्याङ्कन गरी यो पुरस्कारको निर्णय गरेको हो।

वैदेशिक लेखक जुरी (Foreign Authors Jury) मा ओमानकी अमिता सङ्घवी, संयुक्त अधिराज्य (UK) की दाना नेरी, ग्रीसकी जान्थी होन्द्रो-हिल, फ्रान्सका मार्को पेर्ना र अर्जेन्टिनाकी अलेहान्द्रा मिरान्डा रहेका थिए। जुरीको संयोजन लिलिता कोनरियरी र लिडिया कियारेलीले गरेका थिए।

अमिता सङ्घवी ओमानको सुल्तान काबुस विश्वविद्यालयसँग सम्बद्ध छिन्। दाना नेरी बेलायतमा आधारित पत्रकार, अनुवादक, सम्पादक तथा कन्टेन्ट म्यानेजर हुन्। जान्थी होन्द्रो-हिल पुरस्कार विजेता ग्रीक कवि तथा अनुवादक, पेन ग्रीसकी सदस्य र ‘नाउसा अन्तर्राष्ट्रिय कविता महोत्सव’की संस्थापक तथा निर्देशक हुन्।

फ्रान्सका मार्को पेर्ना साहित्य र दृश्य कलामा सक्रिय कवि तथा कलाकार हुन् भने अर्जेन्टिनाकी अलेहान्द्रा मिरान्डा दृश्य कलाकार, लेखिका तथा क्युरेटर हुन्। लिडिया कियारेली अन्तर्राष्ट्रिय साहित्यिक समुदायमा सक्रिय कवि, अनुवादक र वेबमास्टर हुन्।

निरौलाले यो पुरस्कारलाई नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय साहित्यिक समुदायसँग जोड्ने एउटा महत्त्वपूर्ण अवसरको रूपमा वर्णन गरेकी छन्। उनले यस पुरस्कारले आफ्नो साहित्यिक यात्रामा थप जिम्मेवारी र प्रेरणा थपेको बताएकी छन्।

साथै, उनले यो सम्मानलाई व्यक्तिगत उपलब्धि मात्र नभई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय मञ्चमा बढ्दो उपस्थिति र यात्राको पहिचानका रूपमा लिएको उल्लेख गरेकी छन्।

०००

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x